सत्तारुढ काँग्रेसका नेता शाही नै नागरिकता विधेयक विरुद्ध, भन्छन्– सरकार टिकाउन नागरिकता बेच्न थालियो

महेन्द्रनगर । सत्तारुढ नेपाली काँग्रेसका नेता लाल बहादुर शाहीले नागरिकता ऐन संशोधन विधेयक पारित गरी सरकार टिकाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् । उनले फेसकुकबाट सरकार टिकाउन नागरिकता बेच्ने कार्य सुरु गरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

deepak

भीमदत्त नगरपालिका वडा नं. १३ का निवर्तमान वडा अध्यक्ष शाहीले काँग्रेस नेताहरुलाई लक्षित गरी प्रधानमन्त्री को र कुन पार्टीको भनेर जवाफ दिनु समेत आग्रह गरेका छन् । नागरिकता विधेयक पारित गरी राष्ट्रियता झल्किएको कटाक्ष गर्दै उनले बाउको विहे देखाउने चुनौती दिएका छन् ।

सम्बन्धित
Loading...