ghar sansar

नागरिकता विधेयकको चौतर्फी विरोध

सार्वभौम सत्ता दिल्ली र ह्वाइट हाउसलाई बुझाउन खोजेकोमा चिन्ता

महेन्द्रनगर । सरकारले नागरिकता ऐन सम्बन्धी विधेयक संसदबाट पारित गराएपछि चौतर्फी विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित सत्ता साझेदार नेकपा एकीकृत समाजवादी, नागरिक समाज, अधिकारकर्मी सबैले विधेयक विरुद्ध आक्रोश पोखेका छन् ।

सरकारले सात वर्ष अघि संसदमा दर्ता गराएको नागरिकता ऐन सम्बन्धी संशोधन विधेयक प्रतिनिधिबाट शुक्रबार प्रतिनिधि सभाबाट पारित गरिएको हो ।

mantra hos123

प्रतिनिधि सभाबाट पारित विधेयक राष्टिूय सभाबाट पारित भएर राष्टूपतिबाट प्रमाणीकरण भएपछि जन्मसिद्धका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका छन् । प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि यसको समर्थन र विरोध दुबै हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुले नागरिकता ऐन संशोधन विधेयकले देश सिक्किमी र फिजीकरणको बाटोमा जाने चिन्ता जाहेर गर्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

नेकपा(एमाले) केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलले नागरिकता ऐन संशोधन विधेयक पारित भएको विरोधमा फेसबुकको प्रोफाईल तस्बिर कालो बनाएका छन् । प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि उनले फेसबुकमा मुटु छिया पारेको दिन भन्दै आफ्नो फेसबुक प्रोफाइल कालो बनाएर विरोध जनाएका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको दिल्ली भ्रमणलाई व्यङ्ग्य गर्दै उनले कारिन्दा भेट्दा नागरिकता दिएको र भारतीय प्रधानमन्त्री भेटेको भए देशै दिने उल्लेख गरेका छन् । उनले भनेका छन्,‘कारिन्दा भेट्दा नागरिकता दिऔ, ख्वामित भेटेको भए देशै दिन थियौ ।’

एमाले नेता शेर बहादुर चन्दले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयकले देशको सार्वभौम सत्ता दिल्ली र ह्वाइट हाउसलाई बुझाउन लागेको भन्दै आक्रोश पोखेका छन् । ‘एमसीसी, एसपीपी र नागरिकता विधेयक पारित गरेर गठबन्धन सरकारले देशलाई सिक्किम र फिजी बनाउन चाहेको हो ? उनले भने, ‘यो देशको सार्वभौम सत्ता दिल्ली र ह्वाइट हाउसमा बुझाउन चाहेकै हो त ।’

सत्ता साभेदार नेकपा एकीकृत समाजवादीका कार्यकर्ता दलले विधेयक पारित गरी राष्टूघा गरेको भन्दै पार्टी छाड्ने मनस्थिति बनाउन थालेका छन् । समाजवादीका युवा नेता प्रविन बोगटीले संसदमा विधेयक पारित हुँदा मौन बस्ने सबै साँसदलाई राष्टूद्रोही भएको आक्षेप लगाएका छन् । उनले नैतिकता देखाउने बेला आएकाले विधेयकको समर्थन गर्ने दलको कार्यकर्ता भएर बस्नु भन्दा नागरिक भएर बस्ने घोषणा गरेका छन् ।

नागरिकता ऐन संशोधन विधेयकको विदेशी महिलाले नेपालीसित विवाह गरेपछि नागरिकता दिने प्रावधानलाई लिएर पनि आलोचना गरिएका छन् ।

अधिकारकर्मी प्रभुनिधि पन्तले नागरिकता विधेयक पारित भएपछि अब एकै दिन भारतबाट विवाह गर्नेले एकै दिनमा विवाह दर्ता र नागरिकता लिएर भोज खुवाउन सक्ने बताए । उनले फेसबुकमा उत्तर प्रदेश र उत्तराखण्डमा विवाह गर्ने नेपालीलाई लक्षित गर्दै फेसबुकमा विवाहदेखि भोजसम्म खुवाउने सहज हुने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो ।नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए ।

नेकपा एमाले, राष्टिूय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे । नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...