ghar sansar

सामुदायिक वन निरीक्षणमा जाँदा बेदकोटका मेयरले देखे अचम्म, भन्छन्– हैसियत बिग्रेको र नबिग्रेको रुखलाई एकै ३८ नम्बर छ

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सामुदायिक वन निरीक्षणमा जाँदा आफूले अचम्मको दृष्य देखेको बताएका छन् । उनले किन त्यस्तो गरिएको हो भनेर आफू आश्चर्यमा परेको उल्लेख गरे ।

‘म मेरो नगरको विद्यालय निरीक्षणमा गए, त्यहाँ गई सकेपछि वन निरीक्षणको कुरा पनि आयो, त्यहाँ हेर्दा त ३८ नम्बर लेखिएका दुई रुख छन्, एउटा हैसियत बिग्रेको भनेर छ, अर्को राम्रो नै छ’ सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कञ्चनपुरले आयोजना गरेको सामुदायिक वनका समसामयिक सवाल सम्बन्धी कार्यक्रममा उनले भने,‘दुबैमा १७÷१७ गोलिया छन्, अनि एउटै रुखमा दुई नम्बर, यो चाहिँ के किन कसरी भयो होेला अचम्ममा परे ।’

dirghayi clinic

कार्यक्रममा मेयर बोहराले सामुदायिक वनको नाम खुलाएन । वनकर्मीका अनुसार मेयर बोहराले केही दिन अघि बछेला सामुदायिक वन निरीक्षण गरेका थिए । त्यहीं वनमा एकै नम्बरको रुख देखेको हुन सक्ने उनीहरुको भनाई छ ।

मेयर बोहराले सामुदायिक वन संरक्षण कार्यक्रमले नेपाललाई विश्वमा चिनाएको उल्लेख गर्दै आफूले सम्मान गरेको बताए । उनले आफू कञ्चनपुरमा सामुदायिक वन संरक्षण अभियान सुरु हुँदादेखि संलग्न भएको उल्लेख गरे ।

कार्यक्रममा मेयर बोहराले कार्यक्रमको प्रमुख अतिति वन मन्त्री भएको राम्रो हुने बताए । ‘अब यो वनको कार्यक्रम, वनका कुरा कृषि मन्त्रीलाई सुनाउनु पर्ने भयो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...