संसद चुनाव लड्ने घोषणा गरेकी अधिकारकर्मी चन्दले निर्वाचन क्षेत्रका सबै वडामा सकिन पहिलो चरणको भेटघाट, भन्छिन्– जनताले परिवर्तन चाहेका छन्, जिताउनेमा विश्वस्त छु

महेन्द्रनगर । आगामी संघीय संसदको निर्वाचन लड्ने घोषणा गरेकी अधिकारकर्मी शारदा चन्दले कञ्चनपुर क्षेत्र नंं. ३ का सबै वडामा भेटघाट सकेकी छन् ।

विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवि, नागरिक समाज, स्थानीय लगायतसित अधिकारकर्मी चन्दले संघीय निर्वाचनमा सहयोगका लागि भेटेर आग्रह गरेकी छन् ।

janjyoti campus

कञ्चनपुर क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९ र दोधारा चाँदनी नगरपालिका १० र बेदकोट नगरपालिकाको वडा नं. ८ गरी ३० वडा छन् । संघीय चुनाव लड्ने घोषणापछि चन्दले ती सबै वडामा पहिलो चरणको भेटघाट गरेकी छन् ।

निर्वाचन क्षेत्रका सबै वडामा भेटघाटपछि अधिकारकर्मी चन्दले चुनाव लड्न आफूलाई थप उत्साहित भएको बताइन् । ‘अहिलेसम्म म सबै ३० वडामा घुमे, त्यहाँ भेटघाट गरे, त्यहाँका समस्या सुने, यसबाट म चुनाव लड्न थप उत्साह मिलेको प्रोत्साहन मिलेको छ,’ उनले भनिन्,‘सबैबाट सहयोगको आश्वासन पाएको छु ।’

आफूले भेटघाटका क्रममा सबै वडामा स्थानीयले समान समस्या सुनाएको चन्दले बताइन् । ‘सबै ठाउँमा एकै नाशका समस्या सुनिए, ३० वडा घुम्दा विजुलीको पोल छैन, चार ट्रिपर ग्राभेल पाएन, लागु औषधले बर्बाद ग¥यो, यस्ता यस्तै समस्या छन्’ उनले भनिन्,‘यतिका वर्षसम्म दियौ न्याय पाएनौ भन्छन् ।’

निर्वाचन क्षेत्रभरि भेटघाटपछि अधिकारकर्मी चन्दले आफू अब कुनै पनि हालतमा पछाडि फर्किन नसक्ने अवस्थामा पुगेको बताइन् ।

‘मैले उम्मेवारी घोषणा गर्दादेखि नै पछि हट्छ कि भन्ने शंका गर्ने पनि छन्’ उनले भनिन्,‘त्यो बिल्कुल सही छैन, म अब कुनै पनि हालतमा ब्याक हुन सक्दिन ।’ उनले फिर्ता भए आफूलाई मदनचोकमा बाँधेर कालोमोसो दलेर पिटेको पनि सहने बताइन् ।

अधिकारकर्मी चन्दले आफू शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचार मुक्त सुन्दर कञ्चनपुरको सपना बोकेर संघीय संसदमा निर्वाचन लड्न लागेको बताउँदै आएकी छन् ।

‘राजनीतिक दासता विरुद्ध विद्रोह गरी सामाजिक अन्याय अत्याचार र देश बर्बाद गर्ने विरुद्ध म जनतामा आएकी छु’ उनले भनिन्,‘देशको माटोलाई सम्मान गर्छु, त्यस कारण म जनतामा आएकी छु ।’

२६ वर्षदेखि सामाजिक सेवा सक्रिय चन्द समाजका विपन्न, पीडित र राज्यसित पहुँच नभएका समुदायमा परिचित छन् । उनी आदिवासी जनजाति, दलित, हिंसा पीडित महिला र ज्येष्ठ नागरिकको सेवामा सक्रिय छिन् । अहिले ४५ वर्ष पुगेकी उनी सानैदेखि सामाजिक सेवामा लागेकी हुन् ।

‘यतिका वर्ष काम गर्दा जनताका दुःख पीडा बाध्यता राम्ररी बुझेकी छु, ती देखेर म अहिले आफैं फिल्डमा आएकी छु’ उनले भनिन्,‘तुलसी र तामा छुवाएर भोट माग्छन्, त्यसरी भोट मागेर जितेपछि जनता र जिल्लाका लागि केही गर्दैन ।’

स्थानीयले भेटघाटका क्रममा तुलसी र तामा छुवाइएका कारण आफूलाई उनीहरुले सहयोग गर्न नसक्ने बाध्यता राखेको चन्दले बताइन् । ‘जनता यो अवस्थामा छन्, सहयोग गर्न चाहने पनि यस्तो कारण बाध्यतामा छन्’ उनले भनिन्,‘मलाई सबै क्षेत्रबाट राम्रो रेस्पोन्स आएको छ ।’

अधिकारकर्मी चन्दले अहिलेसम्म चुनाव जिताएका नेताले जन गुनासो हल गर्न नसकेकाले सबै परिवर्तन चाहेको बताइन् ।

‘यत्रो वर्षसम्म जिताएर पठायौ, २५÷२६ वर्षसम्म संसद बनाए, समस्या ज्यूकात्यू छन्, जनताका पीडा त्यस्तै छन्’ उनले भनिन्,‘अब त जनताले पनि एक पटक मौका दिने छन्, म पहिलाका नेता जस्तै फेरिने छैन, म अहिले पनि शारदा छु, भोलि पनि शारदा नै रहनेछु, जिताउनु भयो भने म सधैं सेवक हुनेछ ।’

ghar sansar
सम्बन्धित
Loading...