ghar sansar

निर्मलाको हत्या गरिएको चार वर्ष पुग्यो, हत्यारा लागेनन् पत्ता

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ । साथीको घरमा गएकी पन्त २०७५ साउन १० गते भीमदत्त नगरपालिका १८ भगतपुरस्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

पन्तका हत्यारालाई कारवाही गरी न्याय दिनु पर्ने माग सहित महेन्द्रनगर चर्केको आन्दोलन चर्किएको थियो । न्यायका माग्दै अन्तर्राष्ट्रिय स्तरसम्म आन्दोलन चर्किए पनि अझै पन्तका हत्यारा पक्राउ गरी कारवाहीको दायरामा आएका छैनन् ।

हत्यारा पत्ता चार वर्षसम्म प्रहरीका अनुसन्धान टोली परिचालन गरिएका छन् । अहिले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराको टोली अनुसन्धानमा खटिएको छ ।

अधिकारकर्मी शारदा चन्दले चार वर्षसम्म हत्यारा कारवाहीको दायरामा नआउन लज्जास्पद भएको बताइन् । ‘चार वर्ष बिति सके, हत्यारा अझै कारवाहीको दायरामा आएका छैनन्’ उनले भनिन्,‘राज्यले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाएर न्याय दिनु पर्छ ।’

 

Himal dental
सम्बन्धित
Loading...