ghar sansar

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसित माग गरेको छ ।

समितिले पन्तको बलात्कारपछि हत्या गरिएको चार वर्षपछि पुगेको दिन मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र पठाएर कारवाहीको माग गरेको हो ।

,orning glory badhai
dirghayi clinic

प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँड दुबैलाई पठाएको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डको सुक्षम अनुसन्धान गरी छिटो भन्दा छिटो हत्यारा पत्ता लगाएर न्याय दिन माग गरिएको छ ।

‘घट्नाका सुक्ष्म अनुसन्धान गरी वास्तविक अपराधीलाई छिटो भन्दा छिटो कानुनी कठघरामा ल्याई हदैसम्मको सजाय दिलाई कञ्चनपुरका आम नागरिकलाई मात्रै होइन, सम्पूर्ण नागरिकलाई न्याय दिलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन जोडदार माग गर्दछौ’ ज्ञापन पत्रमा भनिएको छ ।

समितिका संयोजक मिना भण्डारी रोकायाको नेतृत्वमा अधिकारकर्मी शारदा चन्द, सुरेन्द्र देउवा लगायतले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई ज्ञापन बुझाएका हुन् । समितिले गत वर्ष पनि हत्यारा पत्ता लगाउन माग गर्दै सरकारलाई ज्ञापन बुझाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...