ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष सिहले दिए विपन्न परिवारलाई त्रिपाल, भन्छन्– विपन्नका लागि आवाश नै बनाउँछु

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिका– १० का वडाअध्यक्ष चन्द्र बआदुर सिहले बर्खामा घरका छाना चुहिएर समस्यामा परेका विपन्न परिवारलाई त्रिपाल सहयोग गरेका छन् । बर्खा याम सुरु भएपछि छाना चुहिएका स्थानीय १५ परिवारलाई घरमा पुगेर सहयोग गरेका हुन् ।

dirghayi clinic

वडा अध्यक्ष सिहले बर्खामा घरभित्र बस्न सहज बनाउनका लागि त्रिपाल सहयोग गरिएको बताए । वडा अध्यक्ष सिहका अनुसार ईशा सुनार, कर्ण बहादुर राना, नन्दकली सुनार, मोती सुनार, लक्ष्मी सुनार, लक्ष्मी कुमारी परि, बसन्ती सुनार, कमला सुनार, कौशल्या सुनार, तुल्सी सुनार, सुनिता सुनार, हरिकला देबी रोकाया, शुशिला सुनार, सुमित्रा देबी थानी, मिना सुनारले त्रिपाल पाएका छन् ।

हाल वडा कार्यालयमा रकम नभएको कारण हाललाई उनीहरु बस्नको लागि त्रिपाल सहयोग गरिएको छ । आगामी दिनमा विपन्न परिवारलाई आवासको कार्यक्रम वडामा सञ्चालन गर्ने वडा अध्यक्ष सिंहले बताए ।

‘हाल वडा कार्यालयमा बजेट नभएको कारण त्रिपाल बितरण गरेका हौ, आगामी दिनहरुमा उनिहरुलाई लागी आवास कार्यक्रम ल्याउछौं’ उनले भने, ‘मैले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्न कटिबद्ध छु ।’

Himal dental
सम्बन्धित
Loading...