

दोधारा । रगत अभावको पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अर्को विकल्प अहिले सम्मपत्ता लागेको छैन् । रगत चाहिएमा रक्त समूह मिल्ने अर्को व्यक्तिको शरीरबाट निकालेर दिनुपर्छ् । रगत दान नगर्दैमा शरीरमा धेरै रगत हुदैन, न त दान गरेर यो सकिन्छ । एक पटकमा ३ सय ५० मिलि लिटर रगत दान गर्न पाईन्छ् । त्यो रगत ३–४ साता सम्म सुरक्षित राख्न सकिन्छ् । आवश्यक परेको व्यक्तिले लैजान्छन् ।
रक्तदाताको शरीरलाई कुनै हानी हुँदैन् । रक्तदानको २४ घण्टा भित्र शरीरको तरल भागले दान गरेको रगतको परिपूर्ति गरिसक्छ् । रगत दानबाट कसैको ज्यान जोगिन्छ् वा उसले नयाँ जीवन पाउछ भने किन नदिने ? अहिले पनि समाजमा रगत दिदा कमजोर भईन्छ भन्ने भ्रम छ् ।

युवा, त्यसमा पनि शिक्षित वर्ग त्यस्तो भ्रम पालेर बसेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारा भवनको माथिल्लो तल्लामा आयोजित कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव प्राबिधिक हर्क बहादुर कुँवरले यस्तो जानकारी दिईरहेका थिए ।

दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष, नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतको पहलमा नगर क्षेत्रमा रगतको अभावलाई मध्यनजर राख्र्दै रक्त दाता समूह (ब्लड बैक) स्थापना गरिएको छ ।
नगरपालिका क्षेत्रमा भईपरि हुने दुर्घटना वा इमरजेन्सी सुत्केरी महिलालाई रगतको अभाव हुन नदिन प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अध्यक्षको पहलमा रक्तदाता समूह स्थापना गरिएको हो । कार्यक्रममा रक्तदाता युवा सहभागी भएका छन् ।
रक्तदाताहरुको सबै विवरण तथा फोन नम्वर राख्ने र कसैलाई रगतको आवश्यता भएकोमा मिल्ने रगत समुहका ब्यक्तीलाई फोन गरी तुरुन्तै खबर गरी रगत उपलब्ध गराउने व्यवस्था गर्ने प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
आजको रक्तदाता समुहमा दुई सय भन्दा बढी युवा तथा युवतीहरु सहभागी भएका छन् । केन्द्रका अध्यक्ष तथा नगर प्रवक्ता वस्नेतले ब्लड बैंक स्थापना गर्न गरेका पहल प्रति स्थानीय खुसी वयक्त गरेका छन् ।
कार्यक्रममा प्रवक्ता वस्नेत सहित स्वास्थ्य केन्द्र दोधाराका डा. शुशिल जोशी, डाक्टर मो. आशिश मंसुर, ल्याब टेक्निीसयन हर्क बहादुर कुँबर, नगरपालिका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महरा, कार्यालयका नायक सुब्बा आनन्द प्रशाद भट्ट लगायतका सहभागी भएका छन् ।
