ghar sansar

मलखाद व्यवसायी संघ नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट

little buddha academy
khasi

दोधारा । मलखाद व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा गोविन्द भट्ट चयन भएका छन्् । संघको सोमबार सम्पन्न प्रथम साधारण सभाबाट भट्टको अध्यक्षतामा समिति चयन गरिएको छ । उनी दोधारा चाँदनीका वासिन्दा हुन् ।

समितिको उपाध्यक्षमा पुष्पा भट्ट (भीमदत्त नगरपालिका), सचिवमा सन्तोष सिंह (शुक्लाफाँटा नगरपालिका झलारी), सह–सचिवमा ईन्द्र राज भट्ट (बेदकोट नगरपालिका), कोषाध्यक्षमा निरन्जना बोहरा (भीमदत्त नगरपालिका) र सदस्यमा सन्तोष भट्ट (शुक्लाफाँटा नगरपालिका), रविलाल चौधरी (बेल्डाँडी गाउँपालिका ), रमेश चौधरी (बेलौरी नगरपालिका), यज्ञराज चौधरी (कृष्णपुर नगरपालिका) चयन गरेको मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य पुष्पराज भट्टले जानकारी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य पुष्पराज भट्टको सभापतित्वमा कार्यक्रम गरिएको छ । उनले मलको आपुर्ति र विद्यमान अवस्थाको बारेमा प्रकाश पार्दै छरिएर रहेका मलखाद व्यवसायीलाई एकजुट बनाउर संस्थागत रुपमा बनाउने तर्फ जानु पर्नेमा बताए ।

कार्यक्रममा नेपाल कृषि प्राविधिक एसोसिएसन (नाटा) सुदूरपश्चिम प्रदेश कार्य समिति संयोजक कमलापति भट्ट लगायत कञ्चनपुर जिल्ला भरि छरिएर रहेका १७ ओटा मलखाद व्यवसायी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...