स्वीट नेपालको सहयोगमा पुनर्वासको रामजानकी वस्तीका जनजाति समुदायले बनाए पोलिहाउस

महेन्द्रनगर । पुनर्वास नगरपालिका ११ रामजानकी वस्तीमा किसानहरुका लागि पोलिहाउस निर्माण गरी सामाग्री सहयोग गरिएको छ ।

युएनडीपी र पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा स्वीट नेपालले सञ्चालन गरेको एकीकृत जीविकोपार्जन पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत २० जनालाई पोलिहाउस निर्माण र सामाग्री सहयोग गरिएको छ । पोलिहाउस बनाउने किसान सबै जनजाति समुदायका छन् ।

janjyoti campus

पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माको प्रमुख र उप मेयर भुलिया रानाको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको छ । स्वीट नेपालका संस्थापक अध्यक्ष कृष्ण सिह देउपाले कार्यक्रमको अध्यक्षता गरेका छन् ।

कार्यक्रममा पोलि हाउस निर्माण र सामाग्री वितरण गरिएको छ । परियोजनाका प्रबन्धक अमित सुनारले पोलिहाउस निर्माणका सामाग्रीमा सिलपोलियन, ड्रिपसेट, मल्चिङ्ग, क्रेट, रेक, औजार, बिउ विजन, मलखाद लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए ।

पुनर्वास नगरपालिकाका कृषि अधिकृत कर्ण बहादुर शाही, स्वीट नेपालका प्राविधिकद्वय हेमा जोशी र दिपक नेपालीले किसानलाई पोलिहाउस निर्माण सम्बन्ध जानकारी गराएका थिए ।

  

ghar sansar
सम्बन्धित
Loading...