प्रधानमन्त्री देउवा फेरि कञ्चनपुर ३ बाट लड्न लागेका हुन्  ? काँग्रेस नेता गुरुङ्ग भन्छन्– हल्ला फैलाइएको छ, सत्य होइन

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ बाट आगामी निर्वाचनमा प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव लड्ने प्रचार व्यापक भएपछि काँग्रेस नेताहरु त्यस विरुद्ध प्रष्टीकरण दिन थालेका छन् । केही दिनदेखि क्षेत्र नंं. ३ मा प्रधानमन्त्री देउवा वा उनकी धर्मपत्नि डा. आरजु राणा देउवा चुनाव लड्ने प्रचार गरिएका छन् ।

काँग्रेस कञ्चनपुरका पूर्व उप सभापति गोपाल सिह गुरुङ्गले प्रधानमन्त्री देउवा क्षेत्र नं. ३ बाट चुनाव लड्ने हल्ला गलत भएको बताए । ‘पार्टी संगठन हुँदै फरक पार्टीका मान्छेहरु प्रधानमन्त्री चुनाव लड्ने भनेर हल्ला फैलाउने काममा लागेका छन्’ उनले भने,‘यो असत्य हो, संगठन विस्तारमा लागौ ।’

janjyoti campus

नेता गुरुङ्गले काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई संकेत गर्दै जनता र नेताबीच भेटघाट चलि रहेका बेला हल्ला फैलाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य लेखक केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट कार्यक्रममा सक्रिय छन् । लेखकसंगै नेता गुरुङ्ग पनि सबै कार्यक्रममा सहभागी भएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य लेखक २०५६ देखि निर्वाचन क्षेत्र नं. ३ मा चुनाव लड्दै आएका छन् । २०७४ को आम निर्वाचनमा झिनो मत अन्तर बाहेक अन्य सबै निर्वाचनमा लेखक फराकिलो मत अन्तरले विजयी भएका छन् । २०७४ मा लेखक तत्कालिन वाम गठबन्धनका एमाले उम्मेदवार डा. दिपकप्रकाश भट्टसय २५८ मत अन्तरले पराजित भएका थिए ।

२०५६ र २०७० को निर्वाचनमा लेखक यस क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी २०६४ को पहिलो संविधान सभा निर्वाचनमा चुनाव नलडेर समानुपातिक साँसद भएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाका लागि उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिक उम्मेदवार भएका थिए ।

काँग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले चुनाव हार्ने खतरा देखेपछि उनले डडेल्धुरा र कञ्चनपुर ३ बाट चुनाव लडेका हुन् । उनी दुबै निर्वाचन क्षेत्रमा विजयी भएका थिए । डडेल्धुरामा उनी माओवादी केन्द्रका नेता खगराज भट्टसित अढाई हजार मत अन्तरले मात्रै निर्वाचित भएका थिए । भट्टको मत बदर भएका कारण देउवा निर्वाचित हुन पुगेका थिए ।

सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा आएका तत्कालिन नेकपा माओवादीले सुदूरपश्चिमका अधिकाँश निर्वाचन क्षेत्र जित्दा काँग्रेसबाट चुनाव जित्नेमा देउवा एक्ला थिए । कञ्चनपुर क्षेत्र नं. ३ मा पनि निर्वाचित भएका देउवाले पछि उप निर्वाचनमा यस क्षेत्र छाडेका थिए । उप निर्वाचनमा काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशीलाई हराउँदै माओवादीका कमल क्षेत्री निर्वाचित भएका थिए । उनी देउवासित पराजित भएका थिए ।

यस पटक पनि आगामी निर्वाचनमा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा आफूलाई खतरा देखेकाले कञ्चनपुर क्षेत्र नं. ३ बाट चुनाव लड्न सक्ने आशंका गरिएका छन् ।

काँग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण बहादुर मल्ल देउवा विरुद्ध सक्रिय रुपमा लागेका छन् । २०७४ को निर्वाचनमा देउवा प्रतिनिधि सभा सदस्य लड्दा मल्ल प्रदेश सभा सदस्य लडेर निर्वाचित भएका थिए । अहिले मल्ल काँग्रेस विपी गठन गरी अघि बढेका छन् ।

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई हराउन गुल्मीका सागर ढकाल डडेल्धुरामा आएर प्रचारप्रसारमा लागि सकेका छन् । काँग्रेस विपीका मल्लले नेकपा एमालेसित गठबन्धन गरी चुनाव लडेपछि प्रधानमन्त्री देउवाका लागि असहज अवस्था आउने नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवाले नलडे उनकी धर्मपत्वि आरजु देउवा लड्ने आशंका पनि बाहिर आएका छन् । २०७४ मा कैलाली ५ बाट लडेर पराजित भएकी आरजुलेु स्थानीय तह निर्वाचनको नतिजा अनुकूल नआएपछि उनी निर्वाचन छाड्न मनसायमा पुगेकी छन् । प्रधानमन्त्री दम्पत्तिका विश्वासिला धनगढी उप महानगरपालिकाका निवर्तमान मेयर नृप बहादुर ओड फराकिलो मत अन्तरले पराजित भएपछि आरजु तनावमा परेकी छन् ।

काँग्रेस नेता गुरुङ्गले हल्ला फैलाएको दावी गरे पनि काँग्रेस नेताहरु अहिले कञ्चनपुर क्षेत्र नं. ३ देउवा दम्पत्तिका लागि सबैभन्दा बढी अनुकूल भएको बताउँछन् ।

सबैभन्दा बढी मतदाता भएको क्षेत्र नं. ३ को भीमदत्त नगरपालिकाकाको मेयर उप मेयर सहित अधिकाँश वडा काँग्रेसले जितेको छ । दोधारा चाँदनीमा मेयर सहित केही वडा गुमाएपछि अधिकाँश वडा सदस्य काँग्रेसले नै जितेको छ । काँग्रेस कञ्चनपुरका सभापति भीमदत्तका मेयर पदम बोगटी देउवा परिवारका नातेदार हुन् ।

‘प्रधानमन्त्री वा आरजु म्याडमले चुनाव लड्ने कुरा कहिलेकाँही त आउँछ, नेता कार्यकर्ताकाबीच पनि चर्चा परिचर्चा हुन्छ’ काँग्रेसका एक नेताले भने,‘चर्चा त भै हाल्छ, पहिला पनि प्रधानमन्त्री यो क्षेत्रबाट चुनाव लड्नु भएको हो, तर पनि अहिलेसम्म पार्टीमा यसबारे केही कुरा आएको छैन ।’

ghar sansar
सम्बन्धित
Loading...