ghar sansar

मझगाउँ विमानस्थल निर्माणमा सेनाले गरेको भन्दै सुदूरपश्चिम सरकारका अर्थमन्त्री रावल असन्तुष्ट, भन्छन्– विमानस्थलको जग्गाको सेनाले पूर्जा बनाउन दुर्भाग्यपूर्ण

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले मझगाउँ विमानस्थल निर्माणमा नेपाली सेनाबाट गरिएको अवरोधप्रति असन्तुष्टि पोखेका छन् । उनले सेनाले विमानस्थलको जग्गा लिएर पूर्जा बनाउन दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।

dirghayi clinic

‘मझगाउँ विमानस्थल बनाउन प्रदेश सरकारले २५ प्रतिशत खर्च व्यहोरि रहेको छ , यो १० करोड हुन्छ, यसमा सेनाको अवरोध भइ रहेको छ’ कञ्चनपुर उद्योग बाणिज्य संघको १७ औं कार्यकारिणी समितिको शपथ तथा पदस्थापन कार्यक्रममा उनले भने,‘२०७६ मा सेनाले विमानस्थलले भोगचलन गरेको जग्गाका पूर्जा लियो, यो दुर्भाग्यपूर्ण छ, मन्त्री परिषद्मा यो जग्गा फिर्ता गराउन म आग्रह गर्दछु ।’

सशस्त्र द्वन्द्वका कारण २०५६ देखि बन्द विमानस्थल सञ्चालनका लागि २०७५ मा प्रक्रिया अघि बढेको हो । नागरिक उड्डयन प्राधिकरणले सुदूरपश्चिम प्रदेश सरकार सहित भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकासित साझेदारी गरी विमानस्थल पुनः निर्माण कार्य अघि बढाएको हो । प्रदेश सरकारले २५, भीमदत्त १५ र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत खर्च व्यहोर्ने सम्झौता गरिएको छ ।

सार्वजनिक ठेक्का भएर पुनः निर्माण कार्य अघि बढेपछि केही महिना अघि सेनाले मजदुरलाई नियन्त्रणमा लिएर अवरोध गरेको थियो । सेनाले अवरोध गरेपछि अहिले काम रोकिएको छ ।

Himal dental
सम्बन्धित
Loading...