ghar sansar

मन्त्री सहभागी कार्यक्रममै नेताहरु भाषण गर्दै मञ्च छाड्दै बाहिरिए

भाषण गर्न नपाउनेहरु बसे अन्तिमसम्म

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी अतिथिहरु आफूले भाषणा गरी कार्यक्रमबाट बाहिरिएका छन् । उनीहरु भाषण गर्ने आफ्नो पालो आएसम्म मात्रै कार्यक्रममा बसेर त्यसपछि बाहिरिएका हुन् ।

कार्यक्रममा भाषणा गरी बाहिरिनेमा प्रदेश सरकारका मन्त्रीदेखि संघीय सरकारका पूर्व मन्त्री र साँसदसम्मका छन् । कञ्चनपुर बाहिरबाट आएका अतिथि भने अन्तिमसम्म कार्यक्रममा बसेका छन् ।

mahostaw

कञ्चनपुर उद्योग बाणिज्य संघको १७ औं कार्यकारिणी समितिको शपथ तथा पदस्थापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, नेकपा एमालेकी संघीय साँसद निरुदेवी पाल र काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखक लगायतका नेता भाषण गरी बाहिरएका हुन् ।

उनीहरुमध्ये काँग्रेस नेता लेखक कार्यक्रममा पनि ढिलो गरी उपस्थित भएका थिए । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल पनि मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा मन्त्री बडुको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री बडु सहित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, साँसद, पूर्व मन्त्री, राजनीतिक दलका नेता, सुदूरपश्चिम प्रदेशका जनपद र सशस्त्र दुबैका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य महासंघका पदाधिकारी सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री रावलले कार्यक्रम सुरु भएको केही समयपछि भाषण गरी बाहिरिएका हुन् । उनले मझगाउँ विमानस्थल निर्माणमा सेनाबाट गरिएको हस्तक्षेपप्रति असन्तुष्टि जनाए । सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई लक्षित गरी बजेट ल्याएको उनले दावी गरे ।

एमाले साँसद पालले विकासमा खुट्टा तान्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै विकासका लागि सबै दल एक हुनु पर्ने बताइन् ।

काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री लेखकले कञ्चनपुरका ठूला लगानीको योजनाका लागि आफूले भूमिका निर्वाह गर्ने बताए । दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, विमानस्थल निर्माण लगायतका विकासका योजनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले स्वागत मन्तव्य राखेपछि अर्थमन्त्री रावलले भाषणा गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, प्रदेश साँसद तारालामा तामाङ्ग, लाल बहादुर खड्का, कुलबीर चौधरी, माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट लगायतका नेताहरु कार्यक्रममा अन्तिमसम्म बसेका छन् । उनीहरुमध्ये भट्ट बाहेक अन्यले कार्यक्रममा भाषण गरेन ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निमल लेखक जोशी, कृष्णपुरका मेयर हेमराज ओझा, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका स्थानीय तहका जनप्रतिनिधि पनि कार्यक्रममा सहभागी भएका छन् । उनीहरु पनि भाषण नगरी कार्यक्रममा मात्रै सहभागी भएका छन् ।

काँग्रेसका सह सचिव नाफू सिह साउँद, एमालेका उप सचिव कर्ण बहादुर चन्द र माओवादी केन्द्रका भट्ट कार्यक्रममा सहभागी भएका छन् ।

भाषण गरी बाहिरिएका अतिथिसंगै सहभागी पनि आउन थालेपछि आयोजकमा सभा कक्ष खाली भय देखिएको थियो । बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले धेरै पटक अतिथिसंगै बाहिर निस्किएका सहभागीलाई सभा कक्षमा बस्न आग्रह गरेका थिए ।

कञ्चनपुर उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष पिताम्बर जोशीले पहिलो पटक मन्त्री सहित ठूलो संख्या विभिन्न क्षेत्रका व्यक्तित्वलाई सहभागी गराएर शपथ लिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका दुई उपाध्यक्ष कार्यक्रममा सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...