ghar sansar

बेदकोटमा बाल विवाह न्यूनीकरणका लागि जनचेतना मुलक कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका २ मा बाल विवाह घट्नाको गरौ उजुरी, कडा कारवाही छ जरुरी भन्ने नारा सहित जनचेतना मुलक कार्यक्रम गरिएको छ । बेदकोट २ का वडा सदस्य एवम् लाली गुराँस बाल क्लबका संस्थापक जोगराम डगौराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

लाली गुराँस किशोरी जागरण समूह र लाली गुराँस बाल क्लबको आयोजना गरिएको कार्यक्रममा सुतिया थारु युवा समाजको सह आयोजक थिए । वडा कार्यालयसित कार्यक्रमका लागि समन्वय गरिएको छ ।

,orning glory badhai

लाली गुराँस बाल क्लबका अध्यक्ष सिम्पन्ल चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहरा, मुक्त कमैया समाजका उपाध्यक्ष अनिल चौधरी लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा सहभागीहरुले सामाजिक जनचेतना फैलाएर बाल विवाह न्यूनीकरण गर्न सकिनेमा जोड दिएका छन् । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष एवम् अधिकारकर्मी बोहराले समाज बालबालिका विकृतिका रुपमा अगाडि बढेकाले जनचेतना मुलक कार्यक्रम गरी न्यूनीकरण गर्न पर्नेमा जोड दिइन् ।

Himal dental
सम्बन्धित
Loading...