ghar sansar

दोधारा चाँदनीमा पूर्व मन्त्री लेखकले आजदेखि गर्दैछन् घरदैलो, ९ दिनसम्म भेटघाटमा व्यस्त

khasi

महेन्द्रनगर । आगामी संसदीय चुनाव लड्ने तयारी थालेका काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकले आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक गतिवधि तीव्र बनाएका छन् ।

चुनाव घोषणा अघि नै निर्वाचन क्षेत्र आएका उनी आजदेखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा घरदैलोमा निस्कन लागेका छन् । त्यसका लागि नेता लेखक शनिबार दोधारा चाँदनी पुगि सकेका छन् ।

Anant bahu travels

शनिबार लेखकले दोधारा चाँदनी पुगेर महाकाली नदी र जगबुडा नदीको कटान क्षेत्रमा प्राविधिक सहित स्थलगत निरीक्षण गरेका छन् ।

उनी साउन अन्तिमसम्म दोधारा चाँदनीमा भेटघाटमा व्यस्त हुने भएका छन् । काँग्रेस नेताहरुका अनुसार लेखकले नगरपालिकाका सबै वडामा टोल टोल पुगेर स्थानीयिित भेटघाट गर्ने कार्यक्रम बनाइएको छ । ‘सबै वडाका टोल बस्तीमा पुगी स्थानीय जनतासंग प्रत्यक्ष भेटघाट गरी समस्या सम्बन्धी जानकारी लिने कार्यक्रम छ’ काँग्रेस दोधारा चाँदनी नगर समितिका सचिव सचिव महेन्द्र बिष्टले भने ।

यस अघि स्थानीय तह निर्वाचनमा पनि पूर्व मन्त्री लेखक दोधारा चाँदनी क्षेत्रमा चुनाव प्रचारमा सक्रिय भएका थिए । स्थानीय तह निर्वाचनमा अनपेक्षित नतिजा आएपछि लेखक अहिलेदेखि चुनावी तयारीमा लागेका हुन् ।

dirghayi clinic

काँग्रेस नेताहरुका अनुसार स्थानीय तह निर्वाचनमा अनपेक्षित नतिजा आएपछि उनी संसदीय निर्वाचनमा आफूलाई अप्ठेरो पर्ने चिन्तामा छन् । अघिल्लो संसदीय निर्वाचनमा पनि उनले दोधाराा चाँदनीबाट अपेक्षित मत नपाएर पराजित थिए । २ सय ५८ मतले पराजित लेखक २०७४ मा दोधारा चाँदनी क्षेत्रबाट १ सय ५० ले मात्रै अग्रता लिएका थिए ।

‘अघिल्लो निर्वाचन र स्थानीय तह निर्वाचनको मतका आधारमा वहाँलाई यस क्षेत्र आफू फेरि पछाडि पर्न सक्ने चिन्ता देखिन्छ, स्थानीय तह निर्वाचनमा सोचेभन्दा फरक नतिजा नै आयो’ काँग्रेस कञ्चनपुरका एक नेताले भने,‘त्यस कारण अहिलेदेखि वहाँले तयारी थाल्नु भएको हो ।’

स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर उप मेयर सहित बहुमत वडा जित्ने अपेक्षा गरेको थियो । त्यस विपरित काँग्रेस उप सहित १० वडामध्ये एक वडा मात्रै जितेको थियो ।

पूर्व मन्त्री लेखकले २०७४ अघि दोधारा चाँदनी क्षेत्रमा फराकिलो मत अन्तरले लिड गरेका थिए । २०५६ र २०७० को निर्वाचनमा निर्वाचित भएका उनी २०७४ मा पराजित भएका हुन् ।

दोधारा चाँदनीका क्षेत्रमा काँग्रेस प्रभावशाली नेता मान बहादुर सुनारले पार्टी छाडेपछि २०७० को निर्वाचनमा असहज हुने अनुमानलाई गलतग सावित गरी उनी फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

चुनाव घोषणा अघि निर्वाचन क्षेत्र आएका उनी भीमदत्त नगरपालिकामा भेटघाट लगायतका कार्यक्रम गरी दोधारा चाँदनी पुगेका छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा उनी दोधारा चाँदनी भन्दा भीमदत्तमा बलिया छन् । भीमदत्तमा लेखकले समूहका जिल्ला सभापति पदम बोगटी र उप प्रमुख निमल लेखक जोशी उप मेयर छन् । भीमदत्तका अधिकाँश वडामा काँग्रेसले जित हात पारेको छ ।

Himal dental
सम्बन्धित
Loading...