ghar sansar

दिलिप विरुद्ध उजुरी परेको भन्दै मिडियामा किन फैलाइयो अपवाह, एसपी चौधरी भन्छन्– मिडियाले प्रहरीको कोट पनि आफैं लेखि रहेको छ

little buddha academy
khasi

महेन्द्रनगर । चार वर्ष अघि भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको हत्या आरोपमा पक्राउ परी छुटेका दिलीप विष्टले किशोरीमाथि दुर्व्यवहार गरेको भन्दै विभिन्न सञ्चार माध्यममा खबर आइरहेका छन् । त्यहाँका स्थानीय सञ्चार माध्यमका अनुसार उनीमाथि पन्तको शव भेटिएकै ठाउँ नजिक एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

२०७५ साउन १० गते किशोरी १३ वर्षीय पन्तको शव भेटिएको ठाउँ नजिकै बिष्टले महेन्द्र माविमा कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका सञ्चार माध्यमले जनाएका छन्। साउन १२ गते निर्मलाको साइकल भेटिएको भन्दा करिब ७० मिटर टाढा कल्भर्टमा बिष्टले ती छात्रालाई दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ उदृत गर्दै समाचार आइरहेका छन् ।

,orning glory badhai

तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले भने उक्त घटनाबारे जानकारी नपाएको दाबी गरेका छन्। उनले जाहेरी त टाढाको कुरा उक्त घटनाबारे प्रहरीले सूचना समेत नपाएको बताएका छन् ।

dirghayi clinic

‘त्यो व्यक्ति(दिलीप विष्ट) पहिलेदेखि शंकाको घेरामा छ । उ त्यस्तै स्वभावको मान्छे हो। अनुसन्धानमा हाम्रो टोलीहरु लागेका छन्। हामीले विभिन्न कोणबाट हेरिरहेका छौं’ उनी भन्छन्, ‘तर उनले हाल दुर्व्यवहार गरेको भन्ने सूचना आएको छैन। मिडियाले प्रहरीको कोट राखेर आफैं लेखिरहेका छन् ।’

यस्तै कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले पनि दिलीपविरुद्ध कुनै निवेदन नआएको बताएका छन्। उनले मिडियामा विभिन्न खबर आएतापनि प्रहरीकहाँ कुनै सूचना नआएको दाबी गरेका छन् ।

किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेका बिष्टलाई प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको विशेष टोलीले पन्तको बलात्कार र हत्या बिष्टबाट भएको निष्कर्ष निकालेको थियो । पछि निर्मलाको भेजाइनल स्बाबबाट निकालिएको वीर्यको डीएनए जाँच गर्दा डीएनए नमिलेको भन्दै उनलाई छाडिएको थियो ।

साभार :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...