ghar sansar

बैतडीको पञ्चेश्वरमा उपाध्यक्ष कोसेली कार्यक्रममा अनियमितता

dirghayu ad

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा उपाध्यक्षको कोसेली कार्यक्रम अन्तर्गत खरीद भन्दा कम वितरण गरेको पाइएको छ । गाउँपालिकाले ३ सय २० थान विभिन्न सामाग्री खरीद गरिएको हुनु पर्नेमा २ सय ५७ थान मात्रै वितरण गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले सो कार्यक्रम अन्तगर्त ९८ हजार १३४ रुपैैंया बराबरको बढी सामग्री खरीद गरेको देखिएको हो । यस्तै गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ मा वितरण गर्नुपर्ने सामग्री आर्थिक बर्ष २०७७÷७८ मा वितरण गरेको पाइएको छ ।

ratnam malkhad

प्रतिवेदनमा त्यसरी वितरण गरिएको सामग्रीको १ लाख ४६ हजार ४२२ रुपैंया अनियमित रहेको उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७६÷७७ को कोसेली आर्थिक बर्ष २०७७÷७८ मा वितरण गरिएको उल्लेख छ ।

सो सामग्री महाकाली स्वास्थ्यचौकीमा ५० मध्ये २१ र आम्चौरा स्वास्थ्यचौकीमा ७३ जनालाई पुरानो सामग्री वितरण गर्ने उल्लेख गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...