
दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानीय आर्युेवेदिक उपचारमा आकर्षित भएका छन् । एक वर्ष अघि महाकाली आरोग्य केन्द्र सञ्चालनमा आएपछि यसप्रति स्थानीय आकर्षित भएका हुन् ।
महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगपालिका कार्यालयको सहयोगमा दैनिकरुपमा आरोग्य केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्रमा दैनिक २० देखि २५ सम्म सेवाग्राही आउने गरेको आरोग्य केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताए । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उनको भनाई छ । ‘आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।’ आरोग्य केन्द्र दोधारा चा“दनीका बैध राजु जोशीले भने ।
सरकारको नीति अनुसार यस कार्यक्रम अनुसार सबै स्थानिय तहमा आयुर्वेदिक उपचारमा स्थानीयको पहुँच बढाउन आरोग्य केन्द्र स्थापना गरिएको बताईएको छ ।
आरोग्य केन्द्र दोधारा चा“दनीमा एक बैध सहित रश्मी कुमारी र अभिशेख पाण्डे अध्यनकर्ता कार्यरत छन् । आयुर्वेदिक उपचार तथा औषधिका लागि भारत तथा सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ ।
केन्द्रमा ग्याष्ट्रिक, बाथरोग, सुगर, पायल्स लगायतका विरामका रोगी आउने गरेका छन् । केन्द्रमा २२ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अन्र्तगत पूर्व कर्म सेवा उपलब्ध गराईने केन्द्रको कार्यक्रम रहेको बताईएको छ ।
