ghar sansar

बेलडाँडीका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै भनाभन, अध्यक्षलाई हप्काएर उपाध्यक्षले गरिन् सहकारीलाई कारवाहीको निर्णय

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथबीच बेल्डाँडी महिला साना कृषि सहकारी संस्थामाथि कारवाही गर्ने विषयमा मतभेद भएर बैठकमा भनाभन भएको छ ।

सहकारी संस्थाबाट बेलडाँडी बाहिरका दुई जनाले मलखाद लिएपछि उपाध्यक्ष नाथले सहकारीमाथि कारवाहीका लागि सोमबार बैठक राखेकी हुन् । बैठकमा अध्यक्ष रानालाई आमन्त्रित गरिएको थियो ।

lotus institite

बैठकमा उपाध्यक्ष नाथले कारवाहीको निर्णय गर्ने प्रस्ताव राखेपछि उपाध्यक्ष नाथले आफ्नो क्षेत्राधिकार पर्ने भएकाले हस्तक्षेप गर्न नहुने बताएपछि दुबै जनाबीच विवाद भएर भनाभनसम्म पुगेको हो । बैठकमा अध्यक्ष रानाले सानातिना विषयलाई लिएर कारवाही गर्दा भोलि समस्या हुने भएको भन्दै निर्णय गर्न नहुने बताएका थिए ।

अध्यक्षको भनाईपछि आक्रोशित बनेकी उपाध्यक्ष नाथले अध्यक्षलाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको र सहकारीलाई कारवाही गर्ने अधिकार आफ्नो भएकाले निर्णय गर्ने बताएकी थिइन् । उपाध्यक्षले निर्णय गरी छाड्ने बताएपछि अध्यक्ष राना बैठक छाडेर बाहिरिएका छन् ।

‘अध्यक्षज्यू यो विषय ठूलो होइन, कारवाही गर्न हुन्न भन्ने पक्षमा देखिनु भयो, उपाध्यक्षले मान्नु भएन’ बैठकमा सहभागी मलखाद समितिका एक सदस्यले भने,‘त्यसपछि भनाभन भएर अध्यक्षज्यू माइन्युटमा हस्ताक्षर नगरी बाहिर जानु भयो ।’

daimond public

बेदकोट नगरपालिकाका दुई जनाले केही दिन अघि बेलडाँडीका स्थानीय भएको बताउँदै मलखाद लिएपछि उपाध्यक्ष नाथले सहकारीमाथि कारवाही प्रक्रिया अघि बढाएकी थिइन् । उनी गाउँपालिका स्तरीय मलखाद समितिकी संयोजक हुन् । समितिको संयोजकको हैसितमा उनले प्रमुख प्रशासकीय अधिकृत मार्फत सहकारीलाई तीन दिने स्पष्टीकरण सोध्न लगाएकी थिइन् । उपाध्यक्ष आफैं भने स्पष्टीकरण नसोधेर सहकारीलाई कारवाही गर्ने पक्षमा देखिएकी थिइन् ।

गाउँपालिकाले सोधेको स्पष्टीकरणको जवाफ आएपछि उपाध्यक्ष नाथले सोमबार बैठक गरी सहकारीको मलखादको डिपो राख्न नदिएर निर्णय गरी कारवाही गरेको हो । यो निर्णय आधिकारिक रुपमा बाहिर आएको छैन । बैठकमा सहभागीका अनुसार मंगलबारसम्म सहकारीलाई निर्णय पठाउने छलफल गरिएको छ ।

सहकारीका उपाध्यक्ष कमला रेग्मी जोशीले कारवाही गरिएको निर्णय बाहिर सुनिए पनि आधिकारिक रुपमा नआएको बताइन् । ‘निर्णय गरियो भन्ने सुनिएको छ, कार्यालयमा आएको छैन’ उनले भनिन्,‘कार्यालयमा आएपछि मात्रै थाहा हुन्छ ।’

सहकारीबाट बेलडाँडी ५ का स्थानीय बनेर मलखाद लिने बेदकोटका दुई जनालाई नियन्त्रणमा लिएर मलखाद नियन्त्रणमा लिइएको थियो । मलखाद ल्याउने दुई जनालाई केही समय हिरासतमा राखेर छाडिएको थियो ।

उपाध्यक्ष नाथले निर्वाचित हुन अघि २०७८ भदौमा सहकारी संस्थाको भवनमा तोडफोड गरेपछि उनी प्रशासन कार्यालयमा माफी मागेर क्षतिपूर्ति तिर्ने कागज बनाएर छुटेकी थिइन् । सहकारीले प्रशासनसम्म पुगाएर कागज बनाएपछि असन्तुष्ट उनले अहिले सहकारीमाथि कारवाही गरेकी हुन् । प्रशासन कार्यालयमा बनाएको कागज अनुसार उनले अहिलेसम्म उनले क्षतिपूर्ति दिएकी छैनन् ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाले सहकारीलाई भवन बनाउन जमिन दिएको भन्दै उनी तोडफोडमा उत्रिएकी थिइन् । सहकारीले प्रशासनम्म पुगाएर माफी मगाएको प्रतिशोधन साँध्न उनी कारवाहीमा उत्रिएको सहकारीका पदाधिकारी बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...