पूर्व मन्त्री लेखकको घर जाने खोलामा बन्न लाग्यो ५ करोडको पक्की पुल, सुदूरपश्चिम सरकारका अर्थमन्त्री रावलले गरे शिलान्यास

महेन्द्रनगर । भीमदत्त नगरपालिका १ र बेदकोट नगरपालिका ८ जोड्न जेसिज माध्यमिक विद्यालय नजिक खोलामा पुल निर्माण सुरु गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ५ करोड ८२ लाखमा पुल बनाउन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सोमबार पुल निर्माण शिलान्यास गरेका छन् ।

deepak

बेदकोट ८ काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश लेखकको आफ्नो वडा हो । उनी भौतिक पूर्वाधार मन्त्री भई सकेका छन् । भौतिक पूर्वाधार मन्त्री भई सकेका लेखकको वडामा जाने बाटोमा यस पटक पुल बनाउन लागिएको हो । महरा निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको छ ।

सम्बन्धित
Loading...