ghar sansar

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्का सदस्य सचिवलाई नेकपा बहमुतले बोलायो आफ्नो जनअदालतमा, नआए जनकारवाही गर्ने चेतावनी

khasi

महेन्द्रनगर । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत कैलाली जिल्ला समितिक न्याय विभाग तथा जनअदालतले सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिहलाई आवश्यक कागजात लिएर २५ दिनभित्र आफ्नो जनअदालतमा उपस्थित हुन निर्देशन सहित पत्र पठाएको छ ।

बहुमत जिल्ला जन अदालत तथा न्याय कानुन विभागले पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरको कार्वाहीको सिफारिश, कर्मचारी, खेलाडी, राजनीतिक दलका नेतालगायतका लिखित तथा मौखिक उजुरी कार्यालयमा आएपछि अध्ययन अनुसन्धान गरिएकाले जनअदालतमा बोलाएको हो ।

dirghayi clinic

विभागले परिषदको कार्यालयमा ऐन, नियम,कानुन विपरीत प्रतिस्पर्धा नगरी कमिशनका लागि नियुक्ति दिएको, कमिशनका लागि विभिन्न खेलकुद क्रियाकलाप सञ्चालन गरेको, परिषद् कार्यालयमा रहेको कर्मचारीको हाजिरी अभिलेख समेत गायब गरेको, फाप्ला खेलमैदान धनगढी कैलालीको २०७८÷०७९ मा पूर्व सम्भावयता अध्ययन नगरी स्रोतको दुरुपयोग गरेको, ऐन, कानुन विपरीत खरिद प्रक्रिया अघि बढाएको, कार्यालयको लागि आवश्यकता भन्दा बढी कोठा भएको घर भाडामा लिई अरुलाई भाडामा लगाई रकम दुरुपयोग गरेको, ९ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलाई अधिकार विहीन बनाएको, परिषद्को कार्यालयमा विना सूचना, प्रतिस्पर्धाबाट कर्मचारी,कार्यालय सहयोगी नियुक्त गरेको, महेन्द्रनगर खेलकुद मैदानमा पुनः सोही ठाउँमा सोही प्रकृतिको कभर्ड हल निर्माणका लागि डिपिआर बनाएको र परिषद् कार्यालयका महिला कर्मचारीमाथि अनैतिक व्यावहार प्रस्तुत गरिएका लगायतका आरोप लगाइएका छन् ।

बहुमतको जनअदालतले २५ दिनभित्र उपस्थित नभए विभागको ऐन, नियम र कानुन अनुसार जनकारवाही गरिने कुरा पत्रमा उल्लेख गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...