ghar sansar

दोधारा चाँदनीमा विपद् व्यवस्थापन समिति गठन तथा परिचालन कार्यविधि सम्बन्धी छलफल

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन तथा परिचालन सम्बन्धी कार्य विधिमा छलफल गरिएको छ् ।

निड्स नेपाल कञ्चनपुको आयोजना, मर्सीक्रोपको प्राबिधिक प्राबिधिक सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापन समिति गठन तथा परिचालन सम्बन्धी कार्यबिधीमा छलफल गरिएको छ ।

,orning glory badhai

निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशीको अध्यक्षमा सञ्चालन भएको छलफलका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु रहेका थिए भने अतिथीमा वडाध्यक्ष, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, ईश्वर रेग्मी, नविन भट्ट, मनिषा मल्ल, भावना जोशी, सुनिल सेट््टी, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र रहेको थिए ।

dirghayi clinic

सामुदायिक बिपद् ब्यवस्थापन तथा जलवायु उत्थानशिलता समितीलाई बिपद् ब्यवस्थापनका कार्यमा सक्रिय बनाई नगरपालिकाको अभिन्न अंगकोरुपमा बैद्यताको लागी कार्यबिधि बनाई सबले एकरुपता ल्याउने बताईएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन समितिका शाखा प्रमुख रघुनाथ भट्टले सामुदायिक बिपद् ब्यवस्थापन तथा जलवायु उत्थानशिल समिति गठन तथा परिचालन कार्यविधिबारे जानकारी गराएका थिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चा“दनी नगरपालिका क्षेत्रमा बाढी आएको बेला निड्स नेपालको सहयोग र सहकार्य अतुलिनीय रहेको बताउँदै बाढी आएपछि को सहयोग भन्दा बाढी आउनु पुर्व तयारीमा सबै लाग्नु पर्ने बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका सामुदायिक बिपद् व्यवस्थापन समितिहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयको मातहतमा राखेर बिपद्मा एक जुट भएर कार्य गर्ने तयारी भईरहेको दोधारा चाँदनीका मेयर लिम्बुले बताए ।

नगर क्षेत्रमा बिपद् प्रतिकार्यको लागी बिगतका तुलनामा यस वर्ष सामुदयिक बिपद् ब्यवस्थापन समितिहरुलाई अझ सशक्त र प्रयाप्त उद्धार सामग्रीको तयारी अघि बढाईएको बताईएको छ् । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशीले विगतका दिनमा बिपद्को बेला संस्थाले गरेको सहयोग र आगामी दिनमा नगरपालिकासंग समन्वय गरी सहयोग जारी राख्ने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...