काँग्रेस डडेल्धुराका सभापति साउँदले बनाई रहेको पुल निर्माण स्थलमा लगाइयो कालो ब्यानर

महेन्द्रनगर । नेकपा बहुमतको सहायक संगठन युवा जन स्वयम् सेवक नेपालले भीमदत्त नगरपालिका ११ भुजेला माता कुटियास्थित निर्माणाधीन पुल स्थलमा निर्माण व्यवासयीका काम लेखिएको कालो व्यानर लगाइएको छ ।

संगठनले साउन अन्तिम साता सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई अल्टिमेटम सहित बुझाएको मागपत्रको सुनुवाई नभएपछि निर्माण स्थलमा ब्यानर लगाइएको हो । निर्माण व्यवसायीले माता कुटियाको पुल सहित जिल्लाभर विकास निर्माणमा लापरवाही गरिएका कार्य कालो ब्यानरमा समेटिएका छन् ।

माता कुटियास्थित ती विकास निर्माण कार्यको ठेक्का राजेन्द्र निर्माण सेवाले लिएको छ । नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साउँद कम्पनीका सञ्चालक हुन् । उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर पनि हुन् । कालो ब्यानरमा पनि साँउद काँग्रेस जिल्ला सभापति र निवर्तमान मेयर भनेर उल्लेख गरिएको छ ।

युवा जन स्वयम् सेवक नेपालले साउँदमाथि सत्ताको आडमा विकास निर्माणका लापरवाही गरेको आरोप लगाएको छ । युवा जन स्वयम् सेवक नेपाल कञ्चनपुरका जिल्ला ईन्र्चार्ज दिपेन्द्र सिह ऐरीले निर्माण कम्पनीका गैर जिम्मेवारीपूर्ण कार्य जनतलाई जानकारी गराउन कालो ब्यानर लगाइएको बताए ।

‘यसबाट पनि सम्झौता अनुसार उक्त कार्य तत्काल सुचारु नभए संघर्षका कार्यक्रम अघि बढाउँछौ’ उनले भने । कालो ब्यानरमा निर्माण कम्पनीका काला कर्तुत तथा गैर जिम्मेवारी कार्य भन्दै चार बुँदा उल्लेख गरिएका छन् ।

संगठनले कालो ब्यानरमा उल्लेखित विषयहरु
.मुसेपानि खोला पुल को सम्झौता २०७४/२/१०
सक्नुपर्ने मिति २०७७/२/१० र २०७८/१२/३० गते
.भुजेला खोला माताकुटिया पुल सम्झौता २०७४/२/७
सक्नु पर्ने मिति२०७५/८/५ र २०७८/१२/३०
.कामिकाटे पुल सम्झौता मिति २०७४/२/७
सक्नु पर्ने २०७५/९/५ र २०७८/११/२९ गते
. ढोडा देखतभुली पुल सम्झौता मिति २०७२/९/२६
सक्नुपर्ने मिति २०७५/९/२५ र २०७७/१०/२५ गते
. दैजी–बेल्डाँडी हुलाकी सडक सम्झौता मिति२०७३/११/१
सक्नु पर्ने मिति २०७६/५/१५ र २०७८१२/३० गते
२.उक्त निर्माणाधिन अवस्थामा रहेका पुल र सडकहरुमा कमसल खालको मेटरियल प्रयोग गरेको जस्का कारण पुलहरु भत्किन सुरु भएको पाईएकाले।
३.उक्त निर्माण कम्पनी मा कार्यरत कर्मचारी र मजदुरहरुको पारिश्रमिक ज्याला विगत २÷३ बर्षदेखि नदिएको पाईएकाले ।
४. दैजि–बेल्डाँडि–धनगढी हुलाकी निर्माण कार्य सडकमा चरम लापरबाही भएका कारण जनताहरुले दैनिक सास्ती खेप्नु परेकाले ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.