ghar sansar

महाकाली प्रादेशिक अस्पतालका मेसु भट्ट भन्छन्– सिफारिश पत्र च्यातिएको होइन, फाईलमा राख्दा भुँईमा खसेको हो, सार्वजनिक विदा सकिएपछि निःशुल्क नै उपचार उपचार गरी पठाएका छौ

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले निःशुल्क उपचारका लागि वडा कार्यालयको सिफाशि बोकेर आएका विरामीको निःशुल्क उपचार गरिएको बताएका छन् ।

भीमदत्त नगरपालिका १८ सुकुम्बासी टोलका बासुदेव कामीले छोरी दुर्गाको उपचारका लागि वडा कार्यालयमा लगेको सिफारिश डा. गिरीश अवस्थीले च्याति दिएको समाचार बाहिर आएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले सिफारिश पत्र फाइलमा राख्दा खस्न पुगेको बताएका हुन् ।

dirghayi clinic

‘डा. सापले त्यो सिफारिश च्यातेको होइन, फाइलमा राख्दा भुँईमा खसेको हो’ उनले भने,‘अस्पताल कुनै पनि विरामीको सिफारिश च्यात्ने कार्य भएको होइन, त्यो कसैले नि गर्दैन ।’

दुई दिन सार्वजनिक विदा भएकाले आएको दिन उपचार गर्न नसएिको र त्यसको अर्को दिन निःशुल्क उपचार गरी पठाइएको डा. भट्टले बताए ।

‘वहाँ विदाको दिन आउनु भएको थियो, शुक्रबार र शनिबार सार्वजनिक विदा थियो, विदाका कारण सामाजिक सुरक्षा शाखा पनि बन्द भयो’ उनले भने,‘विदा सकिएको अर्कै दिन निःशुल्क उपचार गरी पठाएका छौ ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले निःशुल्क उपचारका लागि कार्य विधिमा गरीब पत्र अनिवार्य भएकाले त्यस अनुसार उपचार गरिने उल्लेख गरे । ‘अहिले कार्यविधिमा गरीब परिचय पत्र अनिवार्य गरिएको छ’ उनले भने,‘वडाको सिफारिशसंगै गरीव पत्र पनि चाहिने हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...