ghar sansar

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ दोधारा चाँदनीको अध्यक्षमा चौधरी

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनीमा नेकपा एमाले निकट लोकतान्त्रिक महासंघको अध्यक्षमा बिनोद चौधरी चयन भएका छन् । महासंघको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

dirghayi clinic

महासंघको उपाध्यक्षमा दिया राना मगर, सचिवमा केशर थापा मगर, सह–सचिवमा अस्मिता थापा मगर, कोषाध्यक्षमा हर्कमाान श्रेष्ठ, सदस्यमा मेघ राना मगर, बिमला थापा मगर, पुतली देबी राना छन् । लोकतान्त्रिक महासंघ दोधारा चाँदनीलाई आगामी दिनमा पुर्णता दिने गरी समिति गठन गरिएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज तथा जिल्ला कमिटी सदस्य राजीव खड्काले जानकारी दिएका छन् ।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको लोकतान्त्रिक महासंघ दोधारा चाँदनीको प्रथम नगर अधिवेशनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, एमाले पोलिट ब्युरो सदस्य निरु देबी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा, एमाले दोधारा चाँदनी नगर ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य राजिव खड्का, दोधारा चाँदनी नगर अध्यक्ष हरसिंह धनाडी, दोधारा चाँदनी नगर सह–ईन्चार्ज तथा जिल्ला कमिटी सदस्य खिमा चन्द लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।महासंघका सबै पदाधिकारीलाई अबिर माला लगाएर बधाई दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...