ghar sansar

विश्वविद्यालयमा बेथिति : परीक्षा सह नियन्त्रक पढाउँछन्, परीक्षा पनि लिन्छन्

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम विश्व विध्यालय परिक्षा सह नियन्त्रक विर बहादुर सिंहले पदिय जिम्मेवारीको ख्याल नगरी दोहरो काम गरेको गुनासो आएको छ । सुदूरपश्चिम विश्व विध्यालय परिक्षा सह – नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले दोहोरो काम गरेर परीक्षाको विश्वसनितामाथि गम्भीर आँच आउने काम गर्दै आएका छन् ।

विद्यालय परिक्षा सह नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले केन्द्रिय क्याम्पस मानविकी संकायमा प्राध्यापन समेत गर्दै आएका छन् ।

ratnam malkhad

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परिक्षा सह नियन्त्रक जस्तो गम्भीर र संवेदनशिल जिम्मेवार पदमा रहेका सिंहले आर्थिक आयआर्जनको प्रलोभनमा परी केन्द्रिय क्याम्पस मानविकी संकायमा अध्यापन गरेर दोहोरो काम गरेको भेट्टिएको छ ।

सु.प विश्व विध्यालय परिक्षा सह – नियन्त्रक प्राध्यापक विर बहादुर सिंहले केन्द्रिय क्याम्पस मानविकी संकायमा गत बर्ष शैक्षिक सत्र अन्तिम चरणमा पुगेकोले प्राध्यापक अभाका कारणले अध्यापन गरेको विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले बताए ।

उनले भने गत वर्ष प्रश्नपत्र नबनाउने गरेर अध्यापन गराएको भए पनि यस बर्ष अध्यापन गर्नु हुन्न म केही दिन बैतडी ,दार्चुला लगायतका क्याम्पसका परीक्षाको अनुगमनमा गएकोले मलाइ यस बिषयमा जानकारी नरहेको म कार्यालय गएर यस विषयमा सोधपुछ गरेर जानकारी दिने बताए ।

सुदूरपश्चिम विश्व विद्यालयको विभिन्न संकायमा प्राध्यापकको अभाव भए पनि डिन कार्यलय, सेवा आयोगको कार्यालयले विज्ञापन गर्न आनाकानी गरेको चासो नदेखाएको केन्द्रिय क्याम्पसमा अध्ययरत विद्यार्थीहरुले बताएका छन् ।

परीक्षा सह – नियन्त्रक सिहको विषमा सुदूरपश्चिम विश्व विद्यालयका उप–कुलपति डा. अम्मर राज जोशी लाइ फोन सम्पर्क गर्दा मलाइ जानकारी नभएको भनेर पन्छिन खोजेका छन ।

यस बिषयमा मानविकी संकायका डिन डा. मुकुन्द कलौनीलाइ सम्पर्क गर्दा म बिजि छु मलाइ यस बिषयको जानकारी नरहेको विभागीय प्रमुखलाई सोध्न भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...