ghar sansar

टिकटका लागि कञ्चनपुर काँग्रेसमा ११६ नेता आकाँक्षी

महेन्द्रनगर । आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा सत्तारुढ काँग्रेसका ११६ नेता उम्मेदवारका आकाँक्षी देखिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक दुबैमा उनीहरुले दावी गरेका हुन् ।

काँग्रेसको प्रदेश र क्षेत्रीय समितिबाट जिल्ला समितिमा आएका उनीहरु उम्मेदवारका लागि प्रदेश समितिमा सिफारिश गरिएका छन् ।

lotus institite

प्रतिनिधि सभा सदस्यका तीन सीटमा ६ जना नेताले दाबेदारी गरेका छन् । उनीहरुमध्ये तीन जना अघिल्लो निर्वाचनमा पराजित भएका नेता छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट रमेश लेखक, २ मा एनपी साउँद र १ मा दिवान सिह विष्टले प्रतिनिधि सदस्यका लागि दाबेदारी गरेका छन् । उनीहरु तिनै जना २०७४ को आम निर्वाचन लडेका थिए ।

कञ्चनपुर क्षेत्र नं. १ का विष्ट बाहेक लेखक र साउँदसित उम्मेदवारका लागि अन्य आकाँक्षी नेताको नाम पनि सिफारिश गरिएका छन् । लेखकसित काँग्रेसका पूराना प्रेम सिह विष्ट सिफारिश गरिएका छन् । साउँदसित हरि प्रसाद बोहरा र प्रेम बहादुर बलायरको नाम सिफारिश गरिएको छ । बोहरा काँग्रेस कञ्चनपुरका निवर्तमान सभापति हुन् । उनी लेखकका विश्वासिला हुन् ।

निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्ष र समानुपातिक दुबैमा एकल नाम सिफारिश गरिएको छ । प्रत्यक्षमा संविधान सभा सदस्य विष्ट र समानुपातिकमा कृष्णा गिरी सिफारिश भएकी छन् । गिरी २०७४ को स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी थिइन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा समानुपातिक तर्फ १० जना सिफारिश भएका छन् । उनीहरुमा २०७४ को निर्वाचनमा पराजित पुस्कर ओझा सहितका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य श्याम लाल राना, देबराज पाठक, गीता कुमारी चौधरी, भैरब ऐर, बेदप्रकाश चौधरी, रोशनलाल चौधरी, शिरोमणी कुमार ओझा, धर्मराज भण्डारी र गीता कुमारी चौधरी छन् । गीता कुमारी चौधरी महिला समानुपातिककमा सिफारिश गरिएका हुन् ।

काँग्रेसका पूर्व मन्त्री तारणी प्रसाद चटौत सहित ११ जना निर्वाचन क्षेत्र नं. ३ बाट समानुपातिक सिफारिश भएका छन् । चटौत २०४८ को आम निर्वाचनमा तत्कालिन कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

चटौतसंगै काँग्रेस कञ्चनपुरका पूर्व सभापति अन्तराम भट्ट, बीर बहादुर सुनार, नरेन्द्र सिह भण्डारी, तारादत्त अवस्थी, मान्सा डगौरा र गोकर्ण बहादुर चन्द सिफारिश भएका छन् । यसैगरी महिला समानुपातिकमा राष्ट्रिय सभा सदस्य तारादेबी भट्ट सहित रमिता शाही देउवा, प्रमिला जैरु र कमला गिरी सिफारिशमा परेका छन् ।

प्रत्यक्षमा सिफारिश काँग्रेसका पूर्व जिल्ला सभापति भट्ट र महिला समानुपातिकमा सिफारिश राष्ट्रिय सभा सदस्य भट्ट लोग्ने स्वास्नी हुन् । प्रत्यक्ष समानुपातिक सिफारिश सुनार दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर हुन् ।
निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमा १५ जना सिफारिश भएका छन् ।

प्रत्यक्षमा बन्धु राना, अम्मरजन साउँद, भरत विष्ट, शुक्र तामाङ्ग, दाउद तामाङ्ग, कृष्ण बहादुर तामाङ्ग, तुलाराम राना र जगदीश राना सिफारिश भएका छन् । समानुपातिकमा तनुराम पन्त, विन्दु श्रेष्ठ, प्रेम बहादुर थापा, दिर्घ ठकुरी, हरि प्रसाद अधिकारी, अजव राना र ठगी राना सिफारिश भएका छन् ।

daimond public

महिला समानुपातिकतर्फ सिफारिश हुनेमा चमेली तामाङ्ग र मिरादेबवी चन्द छन् । निर्वाचन क्षेत्र नं. १ को ख मा प्रत्यक्ष र समानुपातिकमा १३ जना सिफारिश भएका छन् ।

काँग्रेसका क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यय सहित जनक सिह धामी, चेतन राई, विश्राम राना र रामकृष्ण राना प्रत्यक्षमा सिफारिश भएका छन् ।

बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष चन्द्र बहादुर सिह, प्रकाशराज पन्त, लाल बहादुर रावत, शेर सिह ऐर, दान बहादुर पाण्डेय, कृष्ण बहादुर दमाई, राधिका जोशी र सगुना राना सिफारिश भएका छन् । उनीहरुमा राधिका र सगुना महिला समानुपातिकमा सिफारिश भएका हुन् ।

काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिह सहित १० जना निर्वाचन क्षेत्र नं. २ क बाट सिफारिश भएका छन् । उनीहरुमा सिह सहित पुस्करराज ओझा, लेखराज जोशी, श्यामलाल राना, ज्ञानेन्द्र बहादुर सिह, दुर्गा दत्त भट्ट, गीता कुमारी चौधरी, सिद्धराज भट्ट, नवराज जोशी र गणेश पाण्डेय छन् ।

समानुपातिकमा झेली राना थारु, बेदप्रकाश चौधरी, रतन बहादुर साउँद, भुवनेश्वर पन्त, तौला राना, गणेश प्रसाद पन्त, घनश्याम लुहार, लक्ष्मण बहादुर ओड र गिरीराज पाण्डेय सिफारिश भएका छन् ।

महिला समानुपातिकतर्फ गीता कुमारी चौधरी, धर्मा विष्ट, टिकेश्वरी खड्का, भुनवेश्वरी जोशी र पार्वती महिला सिफारिशमा परेका छन् ।

निर्वाचन क्षेत्र नं. २ ख मा बहादुर सिह थापा प्रत्यक्षतर्फ एकल सिफारिश भएका छन् । समानुपातिकमा भने २१ जना आकाँक्षी प्रदेशमा सिफारिश गरिएका छन् ।

उनीहरुमा गौरी सिह बोहरा, टिका बैज, पवन बिक्रम सिह, तेज बहादुर शाह, सुरेन्द्र बहादुर चन्द, जय सिह विष्ट, राम सिह पुजारा, लाल बहादुर राना, पुष्पराज भट्ट, सिद्धराज भट्ट, पुष्पराज पाण्डेय, बासुदेव राना, गणेश नेपाली दमाई, सुरेन्द्र देउवा, बीर सिह कार्की, शेषैया कुमार विष्ट सिफारिश भएका छन् । महिला समानुपातिकमा अनिता मडै, मधुदेवी भारती, देबकी जोशी, प्रभा भट्ट र धनेश्वरी पन्तको नाम सिफारिश भएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी सहित १६ जना आकाँक्षी देखिएका छन् । जोशी अघिल्लो निर्वाचनमा पराजित भएका हुन् ।

यस पटक जोशी सहित खगेश्वर बोहरा, दिवाकर पाण्डेय, कष्णदत्त पनेरु, दिपक बहादुर सिह, गोपाल सिह भण्डारी, रमिता शाही देउवा, ईश्वरी प्रसाद जोशी, शंकर बहादुर चन्द, यज्ञराज चटौत, बिर्ख बहादुर मल्ल, माधव भट्ट, गोकुलराज जोशी, विष्णु जोशी, लक्ष्मी बोहरा र कमल राजा प्रत्यक्षमा दाबेदार भएका छन् ।

यस क्षेत्रमा समानुपातिकमा प्रत्यक्ष भन्दा ८ जना बढी आकाँक्षी देखिएका छन् । प्रत्यक्षका दाबेदार जोशी, पाण्डेय, चटौत र चन्द समानपातिकमा पनि सिफारिश भएका छन् ।

उनीहरु बाहेक कृष्ण प्रसाद पाठक, कृष्ण बहादुर कुँबर, रमेश दयाल, दुर्गा प्रसाद जोशी, गणेश नेगी, उदयप्रकाश साउँद, दिलेन्द्र रावल, गौराज बहादुर लिम्बु, हरिहर परियार, गणेश भट्ट, नारायणदत्त भट्ट, नवराज भट्ट, मोहन ओड कामी, तेज सिह थापा, रामसोगर ठाकुर र अम्मर बहादुर कामी तिरुवा छन् ।

महिला समानुपातिकमा कल्पना केसी, प्रमिला जैरु, सरस्वती दाहाल र अम्बिका कुँबर उम्मेदवारका लागि सिफारिश भएका छन् ।

काँग्रेस जिल्ला सचिव भीम भट्टले केन्द्रीय निर्देशन अनुसार जिल्लाबाट राय सहित प्रदेश समितिमा सिफारिश गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...