ghar sansar

ब्रह्मदेब बजारमा स्थानीयलाई व्यवसाय गर्न भारतीय एसएसबीको अवरोध, सशस्त्र प्रहरी बन्यो मुकदर्शक

khasi

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा(बल) एसएसबीले ब्रह्मदेब बजारमा स्थानीयलाई नेपाली भूमिमा व्यवसाय गर्न अवरोध पुगाएको छ । एसएसबीले स्थानीयलाई बजार क्षेत्रमा फड लगाउँदा अवरोध गरेको छ ।

भारतीय अवरोधका कारण ब्रह्मदेब बजार पूर्वका व्यवसायीले वर्षौदेखि पक्की संरचरना बनाउन सकेको छ्रैन । अहिले दशै तिहारका बेला यस वर्ष एसएसबीले बजार पूर्वतिरको क्षेत्रमा फड लगाउन अवरोध गरेको छ ।

स्थानीयका अनुसार फड लगाउन थालेपछि आएका एसएसबीले अवरोध पुगाएर रोकेको छ । केही व्यवसायीका समान जफत गरी लगेका छन् ।

एसएसबीले अवरोध पुगाउँदा सशस्त्र प्रहरी मौन बसेका छन् । स्थानीयले सशस्त्र प्रहरी मौन बसेकोमा आक्रोश पोखेका छन् ।

dirghayi clinic

‘यहाँ बषौँदेखि मेलाका समयमा फड लगाउँदै आएका छौँ,’ स्थानीय देबकी खत्रीले भनिन, ‘यस वर्ष लगाउन पाइदैन भनेर भनिर रहेका छन्, किन नलगाउन भन्दै छन् केही थाहा छैन ।’

भीमदत्त नगरपालिका ९ की निर्वतमान वडा सदस्य रमा पालले भारतीय एसएसबीले नेपाली भूमिमा आएर स्थानीयमाथि ज्यादती गरेको बताइन् ।

‘भारतीय सुरक्षाकर्मी आए हाम्रो नेपाली दाजुभाई दिदी बहनी फड लगाईरहेका थिए, ‘उनले भनिन, ‘सशस्त्र प्रहरी टुलुटुली हेरिरह्यो ।’

स्थानीय युवा नेता दिपेन्द्र सिह ऐरीले भारतीय सीमा सुरक्षा बल(एसएसबी)बाट फड लगाउने विषयमा हस्तक्षेप हुँदा समेत सशस्त्र प्रहरी मुख दर्शक भएर बस्नु गम्भीर भएको बताए ।

‘अर्को देशको सीमा सुरक्षा बल आएर सिधै नेपालीमाथि ज्यादती गरिरहेको छ, ‘उनले भने, ‘सशस्त्र प्रहरीले त्यो विवादमा सहजिकरण नै गरेन ।’

सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले फड लगाउने कार्यमा गरिएको अवरोधको निन्दा गरेका छन् । उनले एसएसबीले नेपाली भूमिमा आएर अवरोध गर्न दुःखद भएकाले जफल गरेका समान फिर्ता गर्न माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...