ghar sansar

कृष्णपुरमा रोयल्टी ठेक्कामा घोटाला, छानबिनका लागि कार्यपालिका सदस्यले नै गुहारे अख्तियार

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका नगर कार्यपालिका सदस्य अर्जुन सिह साउँदले नदीजन्य पदार्थको रोयल्टी ठेक्का सम्झौता बदमासी गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् ।

कृष्णपुर नगरपालिका २ का अध्यक्ष साउँदले जनप्रतिनिधिको मिलेमतोमा रोयल्टी ठेक्का सम्झौता गरिएको दावी सहित छानबिनका लागि अख्तियारमा मौखिक उजुरी दिएका छन् । उनले यस सम्बन्धि छानबिनका लागि प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन् ।

कार्यपालिका साउँद अनुपस्थित कार्यपालिका बैठकबाट ठेक्का सम्झौता गर्ने निर्णय गरिएको थियो । उनले कार्यपालिका सदस्यमा एजेण्डा नराखिएको रोयल्टी ठेक्का सम्झौतालाई एकाएक लिएर निर्णय गरिएको बताए ।

‘कार्यपालिका सदस्य भएर मलाई निर्णय समेत दिइएको छैन, सूचनाको हक प्रयोग गरी निर्णय माग्छु’ उनले भने,‘मानिसहरुलाई उठिबास हुने गरी जनप्रतिनिधिको मिलेमतोमा ठेक्का सम्झौता गरिएको छ, यो खारेज हुनु पर्छ ।’

dirghayi clinic

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएको उजुरीमा उनले रोयल्टी ठेक्का सम्बन्धी गैर कानुनी सम्झौता र मछेली नदीको अवैध उत्खनन गराउने संलग्नमाथि छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

नगर् कार्यपालिकाले वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन विपरित खोलाहरुमा रोयल्टी ठेक्का सम्झौता गरिएको दावी गरेका छन् ।

उनका अनुसार मछेली र वनहरा नदीमा मुक्त कमैया वस्तीलाई विस्थापित गराउने नियत राखेर रोयल्टी ठेक्का दिइएको छ । यी दुई खोला किनारका मुक्त कमैया वस्ती खोला उत्खननका कारण जोखिममा छन् ।

नगर कार्यपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा करम घटाएर यस वर्ष ठेक्का सम्झौता गरेको छ । अघिल्लो वर्षको भन्दा रकम घटाएर ठेक्का दिने सम्झौता गरेपछि नगरपालिकाको नियत शंकास्पद देखिएको छ ।

कृष्णपुरका मेयर हेमराज ओझाले नियम प्रक्रिया अनुसार ठेक्का सम्झौता गरिएको बताए । ‘इ बिडिङ्ग गरिएको छ, ठेक्कामा मिलेमतो हुन सक्दैन’ उनले भने,‘जोखिम वस्तीमा जेसिभी प्रयोग गर्न दिइदैन ।’

Himal dental
सम्बन्धित
Loading...