दोधारा । नेकपा(एमाले) ले दोधारा चाँदनी नगरपालिकामा चुनाव प्रचारका लागि खोलेको सम्पर्क कार्यालय उद्घाटन एमालेका निवर्तमान साँसद डा. दिपक प्रसाद भट्ट अनुपस्थित भएका छन् । निवर्तमान साँसद डा. भट्टको निर्वाचन क्षेत्रमा आइतबार चुनाव प्रचारका लागि पार्टी कार्यालय खोलिएको छ ।
निवर्तमान साँसद भट्ट निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सिफारिश गरिएका छन् । डा. भट्टसंगै टिकटका लागि सिफारिश एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल लगायत नेताहरु भने कार्यक्रममा सहभागी भएका छन् ।
एमाले जिल्ला कमिटीले टिकटका लागि सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरेपछि जिल्ला इन्चार्ज पाल चुनाव प्रचारमा लागि सकेकी छन् । उनले चुनाव प्रचारका लागि आइतबार दोधारा चाँदनीमा सम्पर्क कार्यालय खोलेकी छन् । यस अघि उनी केही दिन दोधारा चाँदनीमा पार्टी कार्यक्रममा व्यस्त भएकी थिइन् ।
एमाले नेताहरु अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच भएकाले पाल टिकट पाउनेमा ढुक्क छन् । अध्यक्ष ओलीले अघिल्लो चुनावको जनमत हेरेर टिकट दिएर फेरि साँसद भट्ट चुनावी मैदानमा आउन सक्ने उनीहको अपेक्षा छ ।
सत्तारुढ गठबन्धनका काँग्रेस उम्मेदवारका रमेश लेखकलाई अघिल्लो निर्वाचनमा हराएर भट्टले चुनाव जितेका थिए । २६ हजार बढी मत ल्याएका भट्टलाई अहिले पनि लेखकसित चुनाव लडाउनु पर्ने पक्षमा एमालेका अधिकाँश नेता कार्यकर्ता छन् ।
एमाले जिल्ला इन्चार्ज पालले भने निवर्तमान साँसद भट्टलाई जिल्लामा रोकेर आफू सर्वसम्मत सिफारिश हुने रणनीति बनाएका थिइन् । प्रतिनिधि सभा सदस्यको टिकटका आकाँक्षी पाँच नेतामा साँसद भट्ट बाहेक अन्य तीनलाई भने मनाउन सफल भएकी थिइन् ।
एमाले जिल्ला कमिटीमा प्रतिनिधि सभा सदस्यका लागि साँसद भट्ट र पाल सहित पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, हिरा सिह सार्की आकाँक्षा राखेका थिए । उनीहरुमध्ये रावल, सार्की र खरेल प्रतिनिधि सभा सदस्यका आकाँक्षीबाट पछि हटेका हुन् ।
एमाले पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम सह इन्चार्ज रावल कञ्चनपुर ३ क बाट समानुपातिक र खरेल प्रदेश ३ क बाट प्रत्यक्षका लागि सिफारिश गरिएका छन् । अर्का नेतालाई सार्की प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकमा सिफारिश गरिएका छन् ।
एमाले नेताहरुका अनुसार इन्चार्ज पालले साँसद भट्टलाई मनाउन अन्तिमसम् आफूलाई सर्वसम्मत बनाउन आग्रह गरेकी थिइन् । साँसद भट्टले चुनाव लड्ने अडान नछाडेपछि अन्तिममा उनीहरु दुबैको नाम प्रदेश कमिटीमा पठाइएको हो ।
दोधारा चाँदनीमा सम्पर्क कार्यालय उद्घाटनमा एमाले पोलिटब्युरो सदस्य रावल सहित जिल्ला इन्चार्ज पाल र जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट सहभागी भएका छन् । जिल्ला अध्यक्ष विष्ट कञ्चनपुर ३ ख बाट प्रदेश सभा सदस्यका लागि एकल सिफारिश गरिएका
कञ्चनपुर ३ क बाट प्रदेश सभा सदस्यका लागि सिफारिश एमाले जिल्ला कमिटी उप सचिव कर्ण बहादुर चन्द पनि कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा एमले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चिनी गिरी, एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, जिल्ला सचिवालय सदस्य गगन खत्री, खिमा चन्द, चन्द्र सिंह धामी, ओम बस्नेत, एमाले नगर अध्यक्ष हरिसिंह धनाडी लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।
एमाले कञ्चनपुर जिल्ला सदस्य तथा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गर्ने योजना अनुसार कार्यालय खोलिएको जानकारी दिए ।