ghar sansar

सामुदायिक विद्यालयको वेदना : ब्रह्मदेबमा सिद्धनाथ माविले मन्दिर समितिबाट सहयोग मागेर शिक्षकलाई खुवायो तलब, तीन वर्षदेखि विद्यालय २५ लाख घाटामा

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले आर्थिक सहयोग गरेको छ ।

विद्यालयसित आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो छ ।

lotus institite

समितिले विद्यालयलाई यस वर्ष ३ लाख ९६ हजार सहयोग दिएको छ । समितिले सहयोग गरेपछि विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको छ । विद्यालयमा निजी स्रोतका शिक्षकले तीन वर्षदेखि तलब खान पाएका छैनन् । विद्यालयसित आन्तरिक स्रोत नभएपछि मन्दिर समितिलाई सहयोगका लागि आग्रह गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक उद्धव चन्दले मन्दिर समितिले सहयोग गरेपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिएको बताए ।

‘प्रावि तह बाहेक निमावि र मावि तहमा आवश्यक दरबन्दी छैन, निजी स्रोतबाट शिक्षक राखिएका छन्, नराखे विद्यालय चल्न सक्ने अवस्था छैन’ प्रधानाध्यापक चन्दले भने,‘विद्यालयसित आफ्नो आर्थिक आम्दानीको स्रोत छैन, त्यस कारण तलब खुवाउन सकिएको थिएन, मन्दिर समितिले दिएपछि यस वर्ष खुवाएका छौ ।’

daimond public

कक्षा १ देखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रावि तहका ५ दरबन्दी बाहेक अन्य सबै तहमा दरबन्दी अपुग छन् । त्यस बाहेक मावि तहका ५ दरबन्दीमा एक जना मात्रै कर्यरत छन् । माविमा एक जना अनुदानमा कार्यरत छन् । निमावि राहत ३ जना बाहेक अन्य स्थायी दरबन्दी शुन्य छन् । कक्षा ११ र १२ मा पिरियडका आधारमा तलब दिने गरी निजी स्रोतका पाँच शिक्षक कार्यरत छन् ।

बाल विकासमा एक जना र निमावि तहमा निजी स्रोतबाट विज्ञान शिक्षक राखिएका छन् । दरबन्दीका अनुसार शिक्षक नभएपछि प्रावि तहका शिक्षकलाई माथिल्ला कक्षामा पठनपाठनको जिम्मेवारी दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक चन्दले निजी स्रोतका शिक्षक कर्मचारीलाई तीन वर्षदेखि तलब दिन नसकिएको र अहिलेसम्म २५ लाख घाटामा देखिएको बताए । ‘यो भन्दा अरु विकल्प नै छैन, शिक्षक दरबन्दी छैन, यसो नगरे त पठनपाठन नै गर्न सकिदैन’ प्रधानाध्यापक चन्दले भने,‘कक्षा ११ र १२ सम्म यसरी हेर्दा विद्यालय अहिलेसम्म २५ लाख घाटामा छ ।’

विद्यालयले सहयोग रकम बढाउन मन्दिर समितिका अध्यक्ष प्रमानन्द जोशीलाई पनि आग्रह गरिने प्रधानाध्यापक चन्दले बताए । ‘सहयोगलाई निरन्तरता दिन आग्रह त गर्छाै’ उनले भने,‘समितिले के गर्छ ।’

सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क घोषणा गरेपछि विद्यार्थीबाट शुल्क लिन रोक लगाएको छ । सरकारले निःशुल्क घोषणा गरेपछि विद्यालयमा दरबन्दी अनुसारका शिक्षक पूर्ति गर्न नसक्दा विद्यालय बर्सेनी घाटामा गएको हो ।

शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्था आएपछि विद्यालयले यस वर्षदेखि अभिभावकबाट सहयोग लिने निर्णय गरेको छ । ‘विद्यालय व्यवस्थापन समितिले केही सहयोग लिने निर्णय गरेको छ’ प्रधानाध्यापक चन्दले भने,‘त्यो नगरे त विद्यालय चलाउन मुस्किल छ ।’

Himal dental
सम्बन्धित
Loading...