ghar sansar

कञ्चनपुर ३ क मा एमाले र राप्रपाबीच चुनावी तालमेलले पायो औपचारिकता, एमाले पार्टी कार्यालययमा गरियो तालमेल सहमतिमा हस्ताक्षर

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ । एमाले पार्टी कार्यालयमा शनिबार साँझ सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति अनुसार कञ्चनपुर ३ को प्रतिनिधि सभा र प्रदेश सभा ख मा राप्रपाले एमाले र प्रदेश सभा क मा एमालेलाई राप्रपालाई सहयोग गर्ने भएका छन् ।

चुनावी तालमेलका लागि एमाले र राप्रपाबीच यस अघि अनौपचारिक सहमति भएको थियो । उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन दुबै दलले एमाले पार्टी कार्यालयमा तालमेलका लागि औपचारिक सहमति गरेका हुन् । सहमति पत्रमा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपाका जिल्ला अध्यक्ष गजेन्द चन्दले हस्ताक्षर गरेका छन् । 

,orning glory badhai
dirghayi clinic

सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्यद्वय राजेन्द्र सिह रावल, निरुदेवी पाल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, राप्रपाबाट सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी लगायतका नेता सहभागी भएका छन् ।

राप्रपाका प्रदेश अध्यक्ष जोशी कञ्चनपुर ३ क मा उम्मेदवार छन् । यसैगरी एमालेबाट प्रतिनिधि सभामा निरुदेवी पाल र प्रदेश सभा ख मा सुरेन्द्र विष्ट उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...