ghar sansar

एमाले उम्मेदवार जिताउन नेता कार्यकर्तालाई चुनावमा होमिन अध्यक्ष विष्टको आव्हान

khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले पार्टीले टिकट दिएका सबै उम्मेदवारलाई जिताउन एक ढिक्का भएर चुनावमा होमिनु सबै नेता कार्यकर्तामा आव्हान गरेका छन् ।

उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन अध्यक्ष विष्टले प्रेस विज्ञप्ति जारी गर्दैै पार्टी विरुद्ध चौतर्फी घेराबन्दी भएका बेलामा पार्टीले टिकट दिएपछि निर्णयलाई मानेर उम्मेदवारलाई जिताउनु लाग्नु पर्ने बताएका हुन् ।

dirghayi clinic

‘उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा टिकट वितरणको सन्दर्भमा कतिपय कमरेडहरुका सामाजिक सञ्जालमा र बाह्य रुपमा असन्तुष्टि देखिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

आफू उम्मेदवार बन्न स्वस्थ र आन्तरिक प्रतिस्पर्धा गर्न स्वभाविकै भए पनि पार्टीले निर्णय गरि सकेपछि सबैले मान्नु नेता कार्यकर्ताको कर्तव्य हो’ अध्यक्ष विष्टले सार्वजनिक विज्ञप्तिमा भनेका छन्,‘तसर्थ निर्णयको पालना गर्दै पार्टीका उम्मेदवारलाई विजय गराउने भूमिकामा सक्रिय हुन सबै नेता कार्यकर्तामा आग्रह गरिन्छ ।’

Himal dental
सम्बन्धित
Loading...