कञ्चनपुर ३ मा सत्तारुढ गठबन्धनले चाहर्न थाल्यो देवी देवता, विष्णु मन्दिर धाम पुगेर लिएर लेखक र भट्टले आर्शिवाद
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवारले विष्णु मन्दिर धाम पुगेर आर्शिवाद लिएका छन् । प्रतिनिधि सभा सदस्य रमेश लेखक र प्रदेश सभा सदस्य उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट सोमबार विहान विष्णु मन्दिर धाम पुगेका छन् ।
उनीहरु दुबैले मन्दिरका बाबासित भेट गरी आर्शिवाद लिएका छन् । उनीहरुले मन्दिरा पूजापाठ पनि गरेका छन् । उनीहरुसंगै दुबै दलका नेता कार्यकर्ता पनि सहभागी भएका छन् ।
सत्तारुढ गठबन्धनमा काँग्रेसमा लेखक प्रतिनिधि सभा र माओवादी केन्द्रका भट्ट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनीहरु यस अघि पनि चुनाव लडि सकेका छन् ।
काँग्रेसका लेखक अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । त्यस अघि उनी यस क्षेत्रमा २०७० र २०५६ मा निर्वाचित भई सकेका छन् ।
भट्ट यस अघि २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनमा प्रदेश सभा ३ क लाई लिएर सहमति हुन नसकेपछि सत्ता साझेदार समाजवादीका प्रकाश रावल आफंै चुनावी मैदानममा आएका छन् । उनी विरुद्ध समाजवादीका लोकबिक्रम थापाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्य लेखक विरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेसका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश सभा ३ क मा सबैभन्दा बढी १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।