
दोधारा । दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा नगर स्तरिय फुटवल प्रतियोगितामा ग्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्र विजय भएको छ् ।
दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा आजको खेलमा संसारीमाई स्पोर्टस क्लवलाई पेलान्टी किक आउटमा शुन्यको बिरुद्ध एक गोल गरेर आयोजक टिम ग्र्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्र बिजय भएको हो ।

प्रतियागितामा प्रथम हुने ग्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्रको टोलीलाई ट्रफिक सहित २५ हजार नगद र दोस्रो हुने संसारीमाई स्पोर्टस क्लवलाई ट्रफिकm मेडल सहित १५ हजार नगद धनरासी प्रदान गरिएको छ ।
ग्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्र दोधारा चाँदनीका अध्यक्ष हरिशंकर रोकायाको सभापतित्वमा सञ्चालन भएको प्रतियोगिाताको बिजयताहरुलाई पुरुस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए भने, बिशिष्ठ अतिथिमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडा नं. ८ का वडाध्यक्ष ओंमप्रकाश रोकाया रहेका थिए ।
यस्तै अतिथिमा जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य चन्द्रवती थापा, दोधारा चाँदनी नगरपालिका ८ का वडा सदस्य चन्द्रकला सुनार, सागर सुनार, भरत नेपाली लगाएत ग्रामिण विकास तथा युवा सशक्तीकरण केन्द्रका पदाधिकारी, खेलाडी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । १७ गतेबाट सञ्चालन भएको प्रतियोगिता वर्षाको कारण अवरुद्ध हँुदै आएको कारण ढिलो समापन भएको आयोजक संस्थाले बताएका छन् ।
प्रतियोगितामा जम्मा १५ क्लवहरुले सहभागी भएका थिए । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ग्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्रले बिगत लामो समय देखि फुटवल खेलाडीमा उत्पादन संगै खेलको माध्यमबाट दोधारा चा“दनी नगरपालिका चिनाउ सकिन्छ भन्ने नारा लिएर वर्षेनी दशै र तिहारको उपलक्ष्यमा फुटवल प्रतियोगिता संचालन गर्दै आएकोमा धन्यबाद दिएका छन् ।
आगामी दिनहरुमा दोधारा चा“दनी नगरपालिका कार्यालयले संस्थाको लक्ष्य बमोजिम संस्थालाई सहयोग र सहकार्य गर्ने मेयर लिम्बुले बताएका छन् । प्रतियोगितालाई भब्यताका साथ संम्पन्न गरेकोमा ग्रामिण बिकास तथा युवा सशक्तीकरण केन्द्र र दोधारा चाँदनी नगरपालिका ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायालाई सहभागीले धन्यावद दिएका छन् ।
