ghar sansar

नवौ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका खेलाडी कावासोतीमा अलपत्र

little buddha academy
khasi

महेन्द्रनगर । नवौ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेशका कुस्ती र सेपाताक्रोका खेलाडी प्रशिक्षक नवलपरासीको कावासोतीमा अलपत्र परेका छन् । कावासोतीमा गरिएको प्रतियोगितामा सहभागी भएका उनीहरु सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले पठाएको यात्रु बाहक वस अस्वीकार गरेपछि राजमर्गामा अलपत्र परेका छन् ।

परिषद्ले उनीहरुलाई ल्याउन नारायणगढबाट यात्रु बाहक सवारी साधन पठाएको थियो । प्रतियोगितामा पदक जितेका उनीहरुले परिषद्ले अपमान हुने गरी आफूहरुका लागि यात्रु बाहक सवारी पठाएपछि असन्तुष्ट भएर अस्वीकार गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

ती दुबै खेलका खेलाडी र प्रशिक्षक गरी ५६ जना राजमार्गमा अलपत्र परेका छन् । उनीहरुले अपमान हुने गरी परिषद्ले आफूहरुलाई लिन यात्रु बाहक सवारी पठाएकोमा असन्तुष्टि पोखेका छन् ।

‘ केही साधन पनि पठाएको छैन, भत्ताबाट काटेर सीट नभएको गाडी पठाएको थियो, टीमको सम्मान हुनु पनेमा अपमान गरियो, त्यसपछि भेडा बाख्रा सरी कोचिएर हामी बस्न सकेनौ’ कुस्तीका प्रशिक्षक नरेन्द्र खत्रीले भने,‘रात दिन मिहिनेत गरी मेडल लिएर आउँदा सम्मान नभएर यस्तो अपमान भएपछि सबै रोडमा आएर अलपत्र परेका छौ ।’

प्रशिक्षक खेलाडीले खेलका क्रममा चोट लागेका खेलाडीलाई यात्रु बाहक सवारीमा राखेर ल्याउन सकिने अवस्था नभएको बताए । ‘धेरै घाइते छन्, वहाँहरुलाई कसरी त्यसमा राखेर ल्याउन सकिन्छ’ उनले भने ।

दुबै खेलमा खेलाडीले ५ स्वर्ण, एक रजत र तीन कास्य जितेका छन् । परिषद्ले मंगलबारसम्मका लागि मात्रै उनीहरुलाई भत्ता दिएको छ । परिषद्ले गाडी नपठाएपछि व्यक्तिगत रुपमा रकम जुटाएर उनीहरु घर फर्किने तयारीमा लागेका छन् ।

Himal dental
सम्बन्धित
Loading...