ghar sansar

रमेश लेखकलाई हराउन उम्मेदवार भएको भन्दै दोधारा चाँदनीमा स्वतन्त्र उम्मेदवार शारदा चन्दमाथि काँग्रेस कार्यकर्ताको दुव्र्यवहार

चन्दले भनिन्– महिला भएर बचिस, पुरुष भए भए के गर्थे थाह भन्दै धम्की दियो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अधिकारकर्मी शारदा चन्दमाथि दोधारा चाँदनीमा काँग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका ४ स्थित काँग्रेस सम्पर्क कार्यालय नजिक बुधबार चुनावी घरदैलोका क्रममा काँग्रेस दोधारा चाँदनी नगर समितिका सह सचिव रमेश भण्डारी लगायतले उम्मेदवार चन्दमाथि अपशब्द प्रयोग गरी दुव्र्यहावर गरेका हुन् ।

,orning glory badhai

काँग्रेसका नगर सभापति राजेन्द्र मल्ल सहितका नेता कार्यकर्ता सहित कुराकानी भएका बेला भण्डारीले आफूलाई रमेश लेखकलाई हराउन उम्मेदवार भएको भन्दै लखेट्नु पर्ने भन्दै दुव्र्वहार गरिएको उम्मेदवार चन्दले बताइन् ।

‘म घरदैलोमा थिए, काँग्रेस पार्टी कार्यालय नजिक पुग्दा नगर सभापति सचिव लगायतका नेतासित कुराकानी हुँदै थियो, त्यहीं बेला एक जना आए, रमेश लेखकलाई हराउन उठिस, महिला भएर बाँचिस, पुरुष भएको अहिले म के गरि दिन्थे, बाँचिस रे’ उनले भनिन्,‘तँ त भन्दै रमेश लेखकलाई हराउन आको, हराएर देखाए भन्यो, १० मिनेटसम्म त्यस्तै भने, पछि सोध्दा ती काँग्रेसका नगर सह सचिव रहेछन् ।’

dirghayi clinic

स्वतन्त्र उम्मेदवार चन्दले काँग्रेस नगर सह सचिव भण्डारी आफूमाथि आक्रमण गर्ने नियतले दुव्र्यवहार गर्न आए पनि आफूसित भएका सहयोगीका कारण रोकिएको बताइन् ।

‘आक्रमण नै गर्न आए जस्तो देखियो, मसित अन्य सहयोगी नभएको भए आक्रमण नै हुन्थ्यो’ उनले भनिन्,‘यो सब सत्ताको आडमा गुण्डागर्दी गर्न खोजिएको जस्तो छ ।’

काँग्रेस नगर सह सचिव भण्डारी काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकका विश्वासिला भएकाले लेखकको निर्देशनमा पनि आफूमाथि दुव्र्यवहार गरिएको हुन सक्ने चन्दले आशंका गरेकी छन् ।

अढाई दशकदेखि समाजसेवामा सक्रिय चन्द काँग्रेस छाडेर स्वतन्त्र भएर कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकी छन् । उनी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...