कञ्चनपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार चुनावी प्रचारमा, सम्पर्क कार्यालय उद्घाटन र चुनावी घरदैलोमा व्यस्त

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सत्ता गठबन्धनका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना, आन्तरिक तयारीदेखि घरदैलो कार्यक्रम तीव्र बनाएका छन् ।

आइतबार सत्ता गठबन्धनको गठबन्धनले पुनर्वास नगरपालिका ४ घ गाउँ र पुनर्वास ५ मा प्रचारप्रसार समितिको संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको गठबन्धनका चुनाव प्रचारप्रसार समितिका संयोजक लोकेन्द्र लम्सालले बताए ।

deepak

बेलौरी नगरपालिकाको १ र २ नम्बर वडामा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिसभा सदस्य उम्मेदवार बिना मगर र र प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टले घरदैलो कार्यक्रम सुरु गरेको प्रचार प्रसार समितिका उप संयोजक गोपिप्रसाद उपाध्यायले बताए ।

यसै गरि प्रतिनिधिसभा सदस्यपदका उम्मेदवार बिना मगर र प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्धुरानाले पुनर्वास नगरपालिका १० र ११ मा घरदैलो कार्यक्रम गरेका छन् ।

सम्बन्धित
Loading...