ghar sansar

कञ्चनपुर ३ मा सत्ता गठबन्धन थप संकटमा, काँग्रेस माओवादी दुबै फसे आन्तरिक असन्तुष्टिमा

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धामा होमिएका सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्र आन्तरिक असन्तुष्टिमा फसेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा बढेको असन्तुष्टि कारवाहीसम्म पुगेका छन् ।

उम्मेदवारी दर्तापछि काँग्रेस र माओवादी केन्द्र दुबैले आफ्नो नेतालाई कारवाही गरि सकेका छन् । माओवादी केन्द्रले आइतबार भीमदत्त नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष डम्बर सिह कार्कीलाई कारवाहीका लागि सिफारिश गरेपछि माओवादीभित्र झन असन्तुष्टि बढेको छ ।

western public academy

माओवादी केन्द्रका नेता शंकर कुँबरले कारवाही विरुद्ध समानान्तर कमिटी बनाउने चेतावनी दिइ सकेका छन् । माओवादी केन्द्रको नगर कमिटीको निर्णय विरुद्ध माओवादीका नेता कार्यकर्ता खुलेर लागेका छन् । पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा नेता कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाहीका लागि सिफारिश गरिएको छ ।

सत्तारुढ काँग्रेसमा सुरुदेखि आन्तरिक असन्तुष्टि देखिएको थियो । काँग्रेसभित्र आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन् । लेखक विरुद्ध प्रतिनिधि सभामा दिपक बहादुर सिह, शारदा चन्द र प्रदेश सभामा पिताम्बर जोशी चुनावी मैदानमा छन् ।

स्वतन्त्र उम्मेदवारी दर्तापछि काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह कारवाहीमा परेका छन् । अधिकारकर्मी चन्दले केही समय अघि नै काँग्रेस छाडेकी थिइन् । सिह र चन्द दुबै कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । जोशी कञ्चनपुर ३ क मा प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । उनी १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

काँग्रेसभित्र असन्तुष्टि भएर पूर्व कोषाध्यक्ष प्रकाश बहादुर सिहले काँग्रेस विपी गठन गरी अलग भएका छन् । काँग्रेस विपीबाट कञ्चनपुर क्षेत्र नं. ३ ख मा धन बहादुर शाही उम्मेदवार भएका छन् । तत्कालिन दोधारा गाविसका सभापति शाही अहिले करुवा चुनाव चिन्ह लिएर चुनाव प्रचारमा होमिएका छन् ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिर राखिएपछि सुरुदेखि असन्तुष्ट छ । समाजवादी गठबन्धन विरुद्ध दुई प्रदेश सभा क्षेत्रमा प्रतिस्पर्धी भएको छ ।

कञ्चनपुर ३ क मा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावल र निर्वाचन क्षेत्र नं. २ ख मा पूर्व मन्त्री लाल बहादुर खड्का चुनावी मैदानमा छन् । उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनका तीन दल आपशी मतभेदमा पुगेका हुन् ।

dirhayu

सत्ता गठबन्धनका दुबै दलका आन्तरिक असन्तुष्टि बढेपछि उम्मेदवार अप्ठेरो अवस्थामा पुगेका छन् । माओवादी केन्द्रमा कार्कीलाई कारवाहीपछि बढेको असन्तुष्टि सत्तारुढ काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक थप तनावमा परेका छन् ।

‘हाम्रो आफ्नो त असन्तुष्टि त छँदै थियो, समाजवादी त्यसै बाहिर भयो, हामी भन्दा पनि एमालेलाई सहयोग गर्छ भन्ने थियो, अहिले माओवादी केन्द्रमा विवाद भएपछि अप्ठेरो काँग्रेसलाई नै पर्ने हो’ काँग्रेसका एक जिल्ला स्तरीय नेताले भने,‘चुनावमा पार्टीभित्र विवाद बढेपछि त समस्या त भै हाल्छ ।’

काँग्रेसमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखक र माओवादीभित्र प्रदेश सभा सदस्यमा टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएपछि नेता कार्यकर्ता असन्तुष्ट भएका छन् । काँग्रेसका बागी सिहले पार्टीभित्र एकै व्यक्तिलाई पटक पटक अवसर दिने प्रवृत्ति विरुद्ध स्वतन्त्र भएर चुनावी मैदानमा आएको बताएका छन् । उनले लेखकलाई लक्षित गरी पटक पटक होइन, एक पटक भन्ने चुनावी नारा बनाएका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य लेखक कञ्चनपुर ३ मा दुई पटक निर्वाचित भएर तीन पटक साँसद र मन्त्री भई सकेका छन् । २०५६ मा पहिलो पटक जितेका २०६४ मा समानुपातिक साँसद र २०७० मा दोस्रो पटक चुनाव जितेका थिए । अघिल्लो निर्वाचनमा उनी एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए ।

माओवादी केन्द्रभित्र नेता भट्टलाई अन्य क्षेत्रबाट ल्याएर उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको हो । माओवादी केन्द्रका इन्चार्ज भट्ट उम्मेदवार भएपछि नेता कार्की सहितले खुलेर उनको विरोध गरेका थिए । माओवादी केन्द्रको कारवाहीमा परेका कार्कीले फेसबुकमा समाजवादीका नेता प्रकाश रावलको प्रचार गरेका थिए ।

नेता कार्कीलाई कारवाहीका लागि सिफारिश गर्ने माओवादी केन्द्रको नगर कमिटी निर्णयलाई नेताहरुले चुनौति दिन थालेका छन् । राष्ट्रिय बुद्धिवीवि संगठनका अध्यक्ष विरेन्द्र सिह साउँदले माओवादीको भीमदत्त नगर कमिटीलाई निकम्मा भनेर असन्तुष्टि पोखेका छन् । माओवादी केन्द्रले नेता डम्बर सिह कार्कीलाई कारवाहीका लागि सिफारिश गरेपछि अध्यक्ष साउँदले सिफारिशमा असन्तुष्टि जनाएर नगर कमिटीलाई निकम्माको संज्ञा दिएका छन् ।

बुद्धिजीवि संगठनका अध्यक्ष साउँदले स्थानीय तह निर्वाचनमा अन्र्तघात गर्ने नेता कार्यकर्ताको सूची बुझाउँदा पनि कारवाही नभएर अहिले चुनाव प्रचारका बेला विवेकहिन निर्णय गरेकोमा आक्रोश पोखेका छन् ।

कार्कीलाई कारवाहीको सिफारिश गरिएपछि माओवादी नेता शंकर कुँबरले फेसबुकमा समानान्तरक कमिटी बनाउने चेतावनी दिएका छन् । हेन्द्रनगर । नेकपा माओवादी केन्द्रका नेता शंकर कुँबरले नेता डम्बर सिह कार्की डिकेलाई कारवाही सिफारिश गरिएपछि समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

उनले नगर र जिल्ला सबैमा समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् । ‘भ्रममा कोही कम्रेड नपर्नु होला डम्बर कार्कीलाई कार्वाही कसैले गरेको छैन । पार्टी छोड्ने बिषय हुदैन । समानन्तर कमिटी बनाउन नपरोस् । (जिल्ला ईन्चाज,अध्यक्ष देखि नगर सम्म कमिटी बनाउने बाटो’ कुँबरले फेसबुकमा लेखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...