नवौ राष्ट्रिय खेलकूदका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुर जिल्ला खेलकुद समितिल पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरेको छ । कर्भड हलमा कार्यक्रम गरी खेलाडी, प्रशिक्षकलाई सम्मान गरिएको छ ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्व र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भीनपा ४ का वडा अध्यक्ष सुशिल भट्ट, नेपाल ओलम्पिक कमिटिका सदस्य एव नेपाल बोक्सिङ्ग संघका केन्द्रीय अध्यक्ष राम अवा लगायतका सहभागी भएका छन् ।

कार्यक्रम सञ्चालन जिल्ला खेलकुद कञ्चनपुर का कार्यालय प्रमुख गोपाल दत्त भट्टले गरेका थिए । जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले प्रतियोगितामा सुप प्रदेशबाट ६सय १८ खेलाडी मध्ये कञ्चनपुरका २ सय २३ खेलाडी सहभागि भएको बताए ।

सुपबाट १९ र कञ्चनपुरबाट १४ खेलका लागि सहभागि मध्ये ५७ मा ७ स्वर्ण, ५ रजत र ४५ कास्य पदक पाईएको अध्यक्ष खडकाले बताए ।

 

Sisu
सम्बन्धित
Loading...