ghar sansar

पूर्व मन्त्री मगरको क्षेत्रमा यस्तो विकास, फेरि मत माग्दै मतदातासित

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित स्याली नदीमा काठे पुल जीर्ण बन्दा यहाँका नागरिकलाई निक्कै सास्ती भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने स्याली नदिमा २०६५।०६६ तिर सिंहपाल सामुदायिक वनको लगानीमा काठे पुल बनाइएको थियो । एक दशक भन्दा लामो समय पुगिसक्दा उक्त पुल हाल जीर्ण अवस्थामा रहेको छ ।

तर पुल मर्मत तथा स्तरोन्नतिका लागि यहाँका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले चाँसो नदिएको स्थानीयको आरोप छ । ३ वर्ष पहिला सिंहपाल सामुदायिक वनले उक्त काठे पुल मर्मत पनि गरेको थियो ।

lotus institite
daimond public

तर अहिले वनबाट काठ विक्री वितरण नभइरहेकोले पुल मर्मतका लागि समेत काठ उपलब्ध गराउन नसकिएको सिंहपाल सामुदायिक वनका सचिव कमान चौधरीले बताए । उनका अनुसार, उक्त पुलमा प्रयोग भएको अधिकांश काठ सडिसकेको र मर्मतका लागि लगभग ३०० क्यु फिट काठको आवश्यकता पर्ने देखिन्छ ।

प्रत्यक्ष रूपमा बेलडाँडी र बेलौरीका थुप्रै नागरिकहरु पैदल तथा साइकल र मोटरसाइकलमा आहोरदोहोर गर्न प्रयोग हुने उक्त काठे पुल जीर्ण बन्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । प्रायःजसो बेलौरीको हात्तिबोझा, बरैया, सिंहपुर, रामघाट, कुण्डा लगायतका बस्तीका अधिकांश नागरिकहरु दैनिक उक्त बाटो भएर आवतजावत गर्ने गर्दछन् ।

पछिल्लो ६ महिनायता उक्त पुल जीर्ण बनिसक्दा निक्कै जोखिम मोलेर ओहोरदोहोर गर्नुपरेको स्थानीय नागरिकको गुनासो छ । बन्दाबन्दीको समयमा सामान्यतया जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्ने गरिएको भएपनि हाल भने उक्त पुलमा आवागमन बन्द गरिएको छ ।

दिनभर व्यस्त रहने बाटोमा रहेको उक्त जीर्ण काठे पुलबाट ओहोरदोहोर गर्दा दुर्घटना हुन सक्ने सम्भावना बढेपछि आवागमन बन्द गरिएको हो । यस निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा निर्वाचित भएर माओवादी केन्द्रका विना मगर तीन वर्ष मन्त्री भएकी थिइन् । अहिले उनी फेरि चुनावी मैदानमा होमिएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...