justify;”>महेन्द्रनगर । डडेल्धुरा आएर प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध चुनावी मैदानमा होमिएका गुल्मीका सागर ढकालले चुनाव प्रचारप्रसार गर्न सक्ने अवस्थासम्म नभएको भन्दै आफूलाई बचाई दिन जनतासित हार गुहार गरेका छन् ।
justify;”>उनले सामािजक सञ्जाल फेसबुकबाट डडेल्धुरामा सबै प्रशासन प्रधानमन्त्री देउवाको हातमा भएकाले कुरा गर्न समेत बेकार भएको दुखेसो पोखेका छन् ।
justify;”>प्रधानमन्त्री देउवा चुनाव प्रचारप्रसार गरी कैलालीको धनगढी फर्किएपछि ढकालले डडेल्धुरामा प्रशासनले आफूलाई चुानव प्रचारप्रसारमा रोक लगाएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री देउवाले खुले आम निर्वाचन आचार सँहिता मिचेर चुनाव प्रचार गर्दा पनि प्रशासन मौन बसेर सहयोग गरेको दुखेसो गरेका छन् ।
justify;”>केही वर्ष अघि बिबिसी नेपाली सेवाको साझा सवालमा प्रधानमन्त्री देउवासित चर्काचर्की भएपछि चर्चामा आएका ढकाल यस पटक देउवा विरुद्ध प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् ।