ghar sansar

ओली फर्किएपछि सत्ता गठबन्धनका शीर्ष नेता दार्चुला जाँदै, ओली पनि फेरि सुदूरपश्चिम आउँदै

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरु चुनावी आम सभालाई सम्बोधन गर्न देश दौडाहमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका थिए । सोही दिन उनले बैतडी र कञ्चनपुरका आमसभालाई पनि सम्बोधन गरेका थिए ।

dirghayi clinic

ओली कार्तिक २६ गते पुनः सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार सो दिन ओलीले तीन आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले कार्तिक २६ गते डोटीको दीपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको आमसभालाई सम्बोधन गर्ने छन् ।

,orning glory badhai

नेकपा एमाले र सत्तारुढ गठबन्धनका शीर्ष नेता सुदूरपश्चिम केन्द्रीत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म गृह जिल्ला डडेल्धुराका विभिन्न ७ ठाउँमा भएका चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।

उनी बुधबार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्न देउवा त्यतातर्फ जाने कार्यक्रम छ । सोही आमसभालाई सम्बोधन गर्न सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि आउँदैछन् ।

Himal dental
सम्बन्धित
Loading...