ghar sansar

एमाले उम्मेदवार विष्ट भने–विकासवादी भनिनेहरु अहिले भोट माग्न आउँदै छन्, वहाँहरुलाई सोध्ने बेला आएको छ, कोरोना महामारीमा कहाँ लुकेर बस्नु भएको थियो

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार सुरेन्द्र विष्टले अहिले भोट माग्न घरदैलोमा आउनेलाई कोरोना महामारीका बेला कहाँ लुकेर बस्नु भएको थियो भनेर सोध्नु आग्रह गरेका छन् ।

‘कोरोना महामारीमा हामी गड्डाचौकी नाकामा थियौँ, महाकाली महाकाली अस्पतालमा थियौँ, क्वारेन्टाईन व्यवस्थापन र चेकजाँच प्रवन्र्ध मिलाउनमा थियौँ ।’ भीनपा १८ खैरभट्टीमा चुनावी कार्यक्रममा उनले भने ‘विकासवादी भनिनेहरु अहिले भोट माग्न आउँदै छन्, जनताले वहाँहरुलाई सोध्ने बेला आएको छ, कोरोना महामारी हुदाँ कहाँ लुकेर बस्नु भएको थियो ।’

Anant bahu travels
dirghayi clinic

उनले कोभिड महामारीमा भीमदत्त नगरपालिकाले आम नागरिकको जीउज्यान रक्षाका लागि सीमा नाकादेखि अस्पताल व्यवस्थापनसम्मको काम गरेको उल्लेख गरे ।

महामारीका बेला भीमदत्त नगरपालिकाले कोरोना परिक्षणका लागि महाकाली अस्पतालाई पिसिआर मेसिन उपलब्ध गराएर जिल्लामै सहज परीक्षणको व्यवस्था मिलाएको थियो । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनका लागि २० लाख आर्थिक सहयोग गरेको थियो ।

महाकाली प्रादेशिक अस्पतालसित समन्वय गरी महामारी रोकथाममा नगरपालिकाका स्रोत साधन र जनशक्ति परिचालन गरिएका थिए ।

विष्टले कोराना महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता रहेकाले विकास निर्माणका कामहरु केही पछाडी परेको समेत उनको भनाई छ । उनी खैरभट्टीदेखि कुतियाकभर विकास मोडल अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...