ghar sansar

संसदमा पुगेपछि जनताको समस्या हामी बिर्सिदैनौ – एमाले उम्मेदवार पाल

little buddha academy
khasi

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका एमाले निरुदेवी पालले आफु सधैं जनतासंगै रहने प्रतिवद्धता जनाउँदै निर्वाचित भएपछि जनतालाई कहिल्यै नबिर्सने बताएकी छन् ।

दोधारा चाँदनी नगरपािलका ७ कञ्चनभोजमा आयोजित चुनावी भेटघाट कार्यक्रममा उनले स्थानिय समस्याको बारेमा जानकार रहेको बताउदै आफु सधैं जनता संगै रहने प्रतिवद्धता जनाउँदै अरु जस्तो निर्वाचनमा बिजय भए संगै जनताको समस्या नबिर्सने बताइन् ।

,orning glory badhai

‘म यहाँका समस्यासंग परिचित छु, जनताको समस्या मेरा समस्या हुन’ उनले भनिन्, ‘यहाँहरुले निर्वाचित गराएर सदनमा पठाउनु भयो तपाईका समस्याहरु बिर्सिने छैन् ।’ सामानुपातिक सांसदको रुपमा ठूला विकास निर्माणका कामहरु अघि बढाएको उल्लेख गर्दै उनले सामाजिक आर्थिक विकासलाई थप काम गर्ने प्रतिवद्धता जनाईन् ।

dirghayi clinic

त्यस्तै दोधारा चाँदनीको महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध र पुल निर्माण संगै सडक पुर्वाधार निर्माण तथा विद्युतीकरणमा जोड दिईने उनले बताए । त्यस्तै मझगाउँ विमानस्थल पुनः सञ्चालनन, दोधारा चाँदनी सुख्खा बन्दरगाह, महाकाली करिडोर निर्माण लगायतका चुनावी एजेण्डा उम्मेदवार पालले अगाडी बढाएकी छिन् । आफुलाई विकासवादी नेता भन्नेहरुले पार्टीमा एक्लै राजिई गर्दै आएको उनको आरोप छ् ।

महाकाली पक्की पुल लगायत दोधारा चाँदनी नगरपालिकामा निमार्ण भएको सबै भौतिक निमार्णहरु आफै गरेको भन्दै जनतामा भ्रम श्रजना गर्दै भोट फकाउन हिड्ने झुटो विकासवादी नेताहरुलाई अब आउदो मंसिर ४ गतेको निर्वाचनमा छर्लङ्ग हुने उम्मेदवार निरुपालले बताईन् ।

एमाले श्रमजीवीको पार्टी भएको हुँदा दोधारा चाँदनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण लगायतमा एमालेले ठूलो पहल रहेको उनको भनाई छ ।

स्वास्थ्य, शिक्षा, भौतिक निमार्णमा एमालेले दोधारा चाँदनी नगरपालिकाका गरेको उल्लेख गर्दै उनले मंसिर ४ गते देशमा एमालेको सरकार आएपछि नयाँ नेपाल निर्माणसंगै समृद्ध नेपाल निमार्ण हुनेमा जनता ढुक्क हुन समेत आग्रह गरेकी छन् ।

कार्यक्रममा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट लगायत एमालेका नेता तथा कार्यकर्ता सहभागी भएका छन् । उनीहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दै बहुमतले बिजय बनाउन प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...