ghar sansar

खैरभट्टी कुतियाकवर विकास मोडेल लिएर मतदाताको घरदैलोमा एमाले उम्मेदवार विष्ट, भन्छन्– नयाँ दोधारा चाँदनी बनाउँछौ

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का एमालेका प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनी नगरपालिका ७ कञ्जनभोजमा आफूले चुनावी प्रतिवद्धता दोहो¥याएका छन् । उनी दोधारा चाँदनी र भीमदत्त नगरपालिकालाई खैरभट्टी कुतियावकर विकास मोडेलबाट जोड्ने चुनावी प्रतिवद्धता बोकेर मतदाताको घरदैलोमा पुगेका छन् ।

प्रदेश सभा सदस्यका लागि उम्मेदवार दर्तापछि गरिएको पत्रकार सम्मेलनमा उनले खैरभट्टी कुतियावकर विकास अभियान थाल्ने घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि चुनावी प्रचारमा उनले प्रदेश सभाका सबै वडामा आफ्नो विकास अभियानबारे मतदातालाई जानकारी गराएका छन् ।

ratnam malkhad

दोधारा चाँदनी नगरपालिका ७ को गुरुङ्ग टोलमा गरिएको कार्यक्रममा उनले मतदातालाई आफ्ना चुनावी प्रतिवद्धता सहित खैरभट्टी कुतियावकर विकास अभियान सञ्चालन गर्ने उल्लेख गरे ।

‘दोधारा चाँदनी वर्षौैदेखि विकासमा पछि परेको छ, सीमाका सस्मया छन्, तटबन्धनका समस्या छन्, जन जीविकाका समस्या छन्, हात्तीका समस्या छन्, महाकाली र जोगबुडाका समस्या छन्’ उनले भने,‘यी सबै समस्या समाधान गर्न जरुरी छ, त्यसैले यी सबै क्षेत्रको विकासका लागि म कुतियाकवर खैरभट्टी विकास अभियान लिएर आएको छु, तपाईहरुले मलाई यो अभियान पूरा गर्ने मौका दिनु हुनेमा विश्वस्त छु ।’

प्रदेश सभा ख मा दोधारा चाँदनी नगरपालिका १० र भीमदत्त नगरपालिकाका ७ वडा छन् । ती दुबै नगरपालिकालाई खैरभट्टी कुतियाकवर विकास अभियानबाट जोड्ने लक्ष्य लिएर विष्ट मतदाताका घरदैलोमा पुगेका छन् ।

खैरभट्टी भीनपा १८ र कुतियावकर दोधारा चाँदनी १० नम्बर वडा हो । खैरभट्टी सहितको भीनपा १८ सबैभन्दा बढी जनसंख्या भएको वडा हो । दोधारा चाँदनीको १० नम्बर कुतियाकवर जोगबुडा नदी पारी टापु वस्तीका रुपमा चिनिन्छ ।
दुबै नगरपालिका यी दुई वस्तीका नाममा खैरभट्टी कुतियावकर विकास अभियान सञ्चालन गर्ने योजना विष्टले बनाएका छन् ।

विष्टले खैरभट्टीदेखि कुतियावरसम्म करिडोर बनाउने घोषणा गरि सकेका छन् । त्यसका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको शुक्लाफाँटा पर्यटन मार्गलाई कुतियाकवरसम्म पुगाउने उनको योजना छ । भीमदत्त नगरपालिकाको पाँच वर्षे कार्यकालमा उनले पर्यटन मार्ग बनाएका हुन् । त्यहीं मार्गलाई कुतियावकरसम्म पुगाएर करिडोर बनाउने लक्ष्य विष्टले लिएका छन् ।

दोधारा चाँदनीका वासिन्दालाई वर्षौदेखि बाढी र डुबानमा पार्दै आएका महाकाली र जोगबुढा नदी नियन्त्रणका काम गरी स्थानीयको आय आर्जनसित जोड्न चाहेका छन् । ती दुबै नदी किनारमा पार्क सहित पर्यापर्यटनका कार्यक्रम गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वास लिएका छन् ।

दोधारा चाँदनीको कृषि क्षेत्रको विकास उम्मेदवार विष्टले प्राथमिकतामा राखेका छन् । परबल खेतीका लागि स्थानीयसित उनले प्रतिवद्धता गरेका छन् । बजार नपाएपछि स्थानीयले परबल खेती गर्न छाडेका छन् ।

‘जबसम्म हामी उत्पादनसित जोडिन चाहँदैनौ, तबसम्म कोही पनि नागरिक नगर समद्ध हुन सक्दैन’ उनले भने,‘आम्दानीको स्रोत परबल खेती बजार नपाएर बन्द भएको छ, म त्यसका लागि पहल गर्छु ।’

विष्टले शुद्ध खानेपानी योजना, प्राविधिक शिक्षालय सञ्चालन, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, बेरोजागरी समस्या समाधान, उद्यमशिलता कार्यक्रम सञ्चालन, छाडा पशु चौपाया व्यवस्थापन, जग्गाधनी पूर्जा वितरण, सीमा क्षेत्रका समस्या समाधान गर्ने लगायतका वाचा मतादातसम्म गरेका छन् ।

भीमदत्तका मेयर हुँदा उनले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गरेका छन् । उनी त्यसै अनुसार दोधारा चाँदनी नगरपालिकामा प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना लिएर मतदातामा पुगेका छन् । भीमदत्तमा सुरु गरिएको मेयर उद्यमशिलता कार्यक्रमलाई दोधारा चाँदनीबाट निरन्तरता दिएर बेरोजगार युवालाई उद्यमी बनाउने उनको योजना छ ।

भीमदत्तमा नेपाल बैंक लिमिटेडसित सम्झौता गरी उनले भीमदत्तमा विना धितो बढीमा पाँच लाखसम्म ऋण दिने योजना सहित मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन गरेका थिए ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने विष्टको चुनावी प्रतिवद्धता छ । अघिल्लो निर्वाचनमा गरिएको चुनावी प्रतिवद्धता अनुसार अहिले स्वास्थ्य केन्द्रमा ५ जना डाक्टर कार्यरत छन् । एमालेका निवर्तमान साँसद डा.दिपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रमा डाक्टर उपलब्ध गराएका छन् । २०७४ अघि केन्द्रमा एक जना मात्रै डाक्टर कार्यरत थिए ।

दोधारा चाँदनी नगरपालिकाका खरले छाएका सबै घरका छाना टिनका बनाउने विष्टले प्रतिवद्धता गरेका छन् । त्यसका लागि जनता आवाश कार्यक्रम सञ्चालन गरी कार्यक्रम सञ्चालन गरिने उनी बताउँछन् ।

उनी खैरभट्टी कुतियावकर विकास मोडेलबाट दोधारा चाँदनीलाई नयाँ दोधारा चाँदनी बनाउने लक्ष्य लिएको बताउँछन् । दोधारा चाँदनीलाई व्यवस्थित सहरका रुपमा विकास गर्न नगर विकासको २५ वर्ष योजना बनाएर अघि बढ्ने उनको लक्ष्य छ । दोधारा चाँदनीमा नगर विकास समिति गठन गरी व्यवस्थित नगरका रुपमा विकास गर्ने योजान विष्टले सुनाएका छन् ।

‘नयाँ दोधारा चाँदनी बनाउने लक्ष्य र सपना सहित तपाईहरुका घरदैलोमा आएको छु, सबैको साझा उम्मेदवारका रुपमा आएका छौ’ उनले भने,‘निर्वाचित भएको पहिलो वर्षमा काम सुरु गर्छौ, पहिलो वर्षमा गर्नु पर्ने काम पहिलो वर्षम गर्छौ, दोस्रोमा गर्नु पर्ने काम त्यसै अनुसार गर्छौ, अनि पाँच वर्षमा गर्ने काम गर्छौ र २५ वर्षमा गर्नु पर्ने काम सुरु गर्छौ ।’

मतदातालाई उनले २०७४ मा दाई हराएर भाईलाई जिताएको र यस वर्ष दिदीलाई जिताउन आग्रह गरे । ‘पाँच वर्षमा गरिएको विकासका काम गरिएका छन्, केही बाँकी छन्, ती बाँकी काम निरन्तरता दिने भनेर आएका छौै’ उनले भने,‘सीमा क्षेत्रको माटो समातेर मैले चुनावी प्रतिवद्धता गरेको छु ।’

एमाले कञ्चनपुरका अध्यक्ष विष्ट यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य उम्मेदवार भएपछि उनले आफूले पाँच वर्षमा गरेका प्रमुख २२ काम सार्वजनिक गरि सकेका छन् ।

उनी दोधारा चाँदनी र भीमदत्त दुबै नगरपालिकालाई समृद्ध बनाउने योजना लिएर प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा उनी सहित एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पालले राप्रपाको साथ पाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...