ghar sansar

दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ताले रक्सी खाएर विवाद गरेपछि एमालेसित झडप, चार जना घाइते

little buddha academy
khasi

महेन्द्रनगर । दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार बेलुकी अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

dirghayi clinic

प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन् । गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका छन् ।

,orning glory badhai

उनीहरूको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । एमाले प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीको टोलीले प्रचार गरिरहेको अवस्थामा गठबन्धनका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद भएको थियो। गठबन्धन्का कार्यकर्ताले विवाद सुरु गरेपछि झडपको स्थिति बनेको बताइएको छ। प्रचारमा अवरोध गरेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको एमाले दार्चुलाले जनाएको छ ।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्कने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी विवाद गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको भनाइ छ । झडपपछि प्रहरी टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पु¥याएको थियो ।

Himal dental
सम्बन्धित
Loading...