
महेन्द्रनगर । सत्ता गठबन्धनका उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा चुनावी घरदैलोलाई निरन्तरता दिएका छन् । उनीहरु सबै क्षेत्रका पालिका, वडा, गाँउघरबस्तीमा घरदैलोमा पुगेका छन् ।
उनीहरु गालाभरि फूलमाला लगाउर मतदातासम्म पुगेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र १(क) बन्धु राना, १(ख) दिवान सिह विष्ट, समानुपातिक उम्मेदवार प्रेमसिह बोहरा, राम बहादुर देउकर(रक्तबिज), दिपा चौधरी, फुल्न चौधरी सहितका समानुपातिक उम्मेदवार भएका छन् ।
शुक्रबार पनि बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, क्षेत्र २(क) बन्धु रानाले पुनर्वास नगरपालिका ४, ५, ६ र ९मा एकै दिन घरदैलो टोल भेला गरेका छन । क्षेत्र १(ख)का उम्मेदवार दिवान सिह विष्टले बेलौरी बेलडाँडीका विभिन्न बस्तीहरुमा घरदैलो गरेका छन ।
पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए ।
अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ ।
क्षेत्र १ का उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार त्रय मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।
