ghar sansar

सत्ता गठबन्धनका अर्का पूर्व मन्त्रीले पनि बजेट कटौती गरेको खुलासा, एमाले उम्मेदवार भट्टले भने– खुटीया दिपायल फाष्ट ट्रयाकको काम बजेट बलायरले काटेका हुन्

dirghayu ad

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटीया दिपायल फाष्ट ट्रयाकको काम बजेट काटेर विर वहादुर वलायरले रोकेको आरोप लगाएका छन् । गोेदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

काग्रेस नेता रमेश लेखक भौतिक पुर्वाधार मन्त्री हुँदा आफ्नो पहलमा फाष्ट ट्रयाक निर्माणका लागि बजेट छुट्याएको बताउँदै उनले पछि भौतिक पुर्वाधार मन्त्री वलायर हुँदा बजेट काटेको बताए ।

ratnam malkhad

फाष्ट ट्रयाक निर्माणमा लेखराजले विर्काे लगाए भन्दै कु प्रचार गरेको भन्दै भट्टले फाष्ट ट्रयाक आफ्नो सपनाको सडक भएको बताए । उनले बलायर मन्त्री हुँदा सुदूरपश्चिममा नया योजना थप्नुको सट्टा उल्टै बजेट कटौति गरेको आरोप लगाए ।

कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने बताउदै उनले धामलाई चुरेको धार्मिक क्षेत्रसग जोडेर धार्मिक कोरीडोर बनाउने लक्ष्य रहको बताए । उनले धामको डिपिआर गरेर चुरे र गोदावरी क्षेत्रका धार्मिक स्थल एउटैमा जोड्न पहल गर्ने बताए ।

उनले बुढीतालामा खानेपानि समस्या सामाधान गर्न लिप्टीङ खानेपानिको योजना सुरु गरेको बताउँदै उनले अबको केही बर्षमा खानेपानी घर घर पुग्ने बताए ।

भट्टले यँहा तरकारी, अमिलो जातको फलफुल, बाख्रा पालन लगाएतका व्यवसाय गर्ने किसानलाई अनुदानको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...