ghar sansar

माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष जोशीले पनि छाडे पार्टी, भने– नेतृत्वको चाकरी गर्ने बाहेक अरुको भविष्य छैन

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको भीमदत्त नगरपालिका ९ का वडा कमिटी अध्यक्ष भानुभक्त जोशीले पार्टी छाडेका छन् । जोशीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

माओवादी केन्द्रले पार्टी नीति, सिद्धान्त र विचार छाडेर नेता कार्यकर्ताले नेतृत्वको चाकरी र चाप्लुसी गर्नु पर्ने अवस्थाले पार्टी भविष्य नभएको भन्दै उनले पार्टी छाडेको उल्लेख गरेका छन् ।

lotus institite
daimond public

‘हाल आएर माओवादी भित्र पार्टी को निति विधि तथा सिद्धान्तलाई तिलाञ्जली दिएर हाल आएर पार्टीका नेता तथा कार्यकर्ताहरु कोही कसैको नियन्त्रण र नियमनमा नरही नेतृत्वको चाकरी चाप्लुसी र आर्शिवादले आजाद रहेको व्यहोरा छर्लङ्ग रहेको छ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘म जस्ता तमाम कार्यकर्ता र जनताको यस पार्टीमा कुनै भविश्य नरहेको हुँदा आज उप्रान्त म नेकपा माओवादीको साधारण सदस्य नरहने गरी सबैको जानकारीको लागि यो जानकारी गराईन्छ । आज उप्रान्त म स्वतन्त्र रहेको र यो अभियानमा सक्रिय सहभागी भै दिन हुन मेरा,समर्थक शुभ चिन्तक तथा सहकर्मी सहयोद्धा साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

माओवादी केन्द्र काँग्रेससित गठबन्धन गरी चुनावी मैदानमा आएपछि कञ्चनपुर ३ मा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छाड्न क्रम बढाएका छन् । पछिल्लो एक सातामा मात्रै जोशी सहित तीन नेताले माओवादी केन्द्र छाडेका छन् ।

माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य डम्बर सिह कार्की र नगर उपाध्यक्ष पूर्णानन्द जोशीले यस अघि माओवादी केन्द्र छाडि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...